• फाल्गुन २६, २०८१
  • No Comment
  • 108

जाजरकोटकाे एक घरमा आगलागी : १२ वर्षीय बालकको मृत्यु

जाजरकोटकाे कुशे गाउँपालिका-८ ग्राक्लीमा एक घरमा आगलागी हुँदा १२ वर्षीय बालकको मृत्यु भएको छ। ग्राक्ली निवासी जनक रोकायको घरमा सोमबार राति आगलागी हुँदा उनका छोरा अम्मर रोकायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीका अनुसार गएराति १२ बजे रोकायको दुईतले कच्ची घरमा आगलागी भएको थियो। घरको माथिल्लो तलामा खाना पकाउने क्रममा आगो फैलिएको अनुमान गरिएको छ। आगलागीका कारण सोही तलामा सुतिरहेका अम्मर रोकायको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिएका छन्।

आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै, घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, आठ आनाको सुनको तिलहरी र नगद एक लाख २५ हजार रुपैयाँ पनि नष्ट भएको बताइएको छ।

स्थानीयबासी र प्रहरीको सहयोगमा बिहान ४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। पशुहरूकाे क्षती नभएकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *