• फाल्गुन २६, २०८१
  • No Comment
  • 183

जाजरकोटकाे एक घरमा आगलागी : १२ वर्षीय बालकको मृत्यु

जाजरकोटकाे कुशे गाउँपालिका-८ ग्राक्लीमा एक घरमा आगलागी हुँदा १२ वर्षीय बालकको मृत्यु भएको छ। ग्राक्ली निवासी जनक रोकायको घरमा सोमबार राति आगलागी हुँदा उनका छोरा अम्मर रोकायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीका अनुसार गएराति १२ बजे रोकायको दुईतले कच्ची घरमा आगलागी भएको थियो। घरको माथिल्लो तलामा खाना पकाउने क्रममा आगो फैलिएको अनुमान गरिएको छ। आगलागीका कारण सोही तलामा सुतिरहेका अम्मर रोकायको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिएका छन्।

आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै, घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, आठ आनाको सुनको तिलहरी र नगद एक लाख २५ हजार रुपैयाँ पनि नष्ट भएको बताइएको छ।

स्थानीयबासी र प्रहरीको सहयोगमा बिहान ४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। पशुहरूकाे क्षती नभएकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *