• फाल्गुन २१, २०८१
  • No Comment
  • 148

श्रमदानबाटै म्याग्दीमा सिँचाइ योजना मर्मत, १९० रोपनी जमिनलाई राहत

म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयहरूले श्रमदान गर्दै सिँचाइ योजना मर्मत गरेका छन्। चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरूले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन्।

बालमखोला सिँचाइ आयोजना उपभोक्ता मूल समितिका सचिव धनकाजी सुनारका अनुसार, गाउँ नजिक रहेको रिजर्भ ट्याङ्कीबाट करिब पाँच सय मिटर दुरीको पाइपलाइन परिवर्तन गरी नयाँ पाइप विस्तार गरिएको छ।

यस कार्यमा ३५ घरधुरीका प्रत्येक परिवारबाट एक–एक जना श्रमदानमा सहभागी भएका थिए। यसअघि दुई इञ्चको पाइप प्रयोग गरिएकोमा बारम्बार समस्या आउने भएपछि नयाँ मार्ग निर्माण गरी डेढ इञ्चको पाइप थप गरिएको समितिले जनाएको छ।

श्रमदानबाट सफलतापूर्वक सम्पन्न सिँचाइ योजना मर्मतपछि ३५ घरधुरीका करिब १९० रोपनी खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको छ। स्थानीयको एकताले आयोजना मर्मत सम्भव भएको बताउँदै समितिले आगामी दिनमा सिँचाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ।

सम्बन्धित खबर

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…
कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा मर्यादित महिनावारी व्यवस्थापनको वर्तमान अवस्था, चुनौती, अवसर तथा आगामी कार्यदिशाबारे बहुपक्षीय छलफल गर्ने उद्देश्यले “महिनावारी संवाद” कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *