• फाल्गुन २१, २०८१
  • No Comment
  • 75

श्रमदानबाटै म्याग्दीमा सिँचाइ योजना मर्मत, १९० रोपनी जमिनलाई राहत

म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयहरूले श्रमदान गर्दै सिँचाइ योजना मर्मत गरेका छन्। चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरूले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन्।

बालमखोला सिँचाइ आयोजना उपभोक्ता मूल समितिका सचिव धनकाजी सुनारका अनुसार, गाउँ नजिक रहेको रिजर्भ ट्याङ्कीबाट करिब पाँच सय मिटर दुरीको पाइपलाइन परिवर्तन गरी नयाँ पाइप विस्तार गरिएको छ।

यस कार्यमा ३५ घरधुरीका प्रत्येक परिवारबाट एक–एक जना श्रमदानमा सहभागी भएका थिए। यसअघि दुई इञ्चको पाइप प्रयोग गरिएकोमा बारम्बार समस्या आउने भएपछि नयाँ मार्ग निर्माण गरी डेढ इञ्चको पाइप थप गरिएको समितिले जनाएको छ।

श्रमदानबाट सफलतापूर्वक सम्पन्न सिँचाइ योजना मर्मतपछि ३५ घरधुरीका करिब १९० रोपनी खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको छ। स्थानीयको एकताले आयोजना मर्मत सम्भव भएको बताउँदै समितिले आगामी दिनमा सिँचाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ।

सम्बन्धित खबर

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ भए मात्र विकास र समृद्धिको लक्ष्य हासिल…
सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य…
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *