• फाल्गुन १५, २०८१
  • No Comment
  • 77

सहारा इङ्गलिस मिडियम स्कुलद्वारा शिवरात्रि विशेष लागुपदार्थ दुर्व्यसन सचेतना तथा प्रतिज्ञा हस्ताक्षर अभियान सम्पन्न

गुर्भाकोट, सुर्खेत – शिवरात्रिको अवसरमा सहारा इङ्गलिस मिडियम स्कुल, गुर्भाकोट-९ द्वारा आयोजित लागुपदार्थ दुर्व्यसन सचेतना तथा प्रतिज्ञा हस्ताक्षर अभियान भव्य रूपमा सम्पन्न भएको छ। यस अभियानको उद्देश्य समाजमा लागुपदार्थको प्रयोग रोकथाम गर्न जनचेतना फैलाउनु र युवाहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको थियो।

गुर्भाकोट नगरपालिका क्षेत्रका प्रमुख मन्दिरहरूमा सञ्चालन गरिएको यो अभियान विद्यालयका सञ्चालक तथा प्याब्सन सुर्खेतका वरिष्ठ उपाध्यक्ष हरिलाल खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। शिवरात्रिको अवसरमा मन्दिरहरूमा उल्लेखनीय संख्यामा भक्तजनको उपस्थिति रहँदा, विद्यालयले समाजमा सकारात्मक संदेश प्रवाह गर्ने प्रयासस्वरूप यो अभियान सञ्चालन गरेको हो।

अभियान अन्तर्गत खटाङ मन्दिर, वहोम कारेश्वर शिव मन्दिर (बोटेचौर), शिव मन्दिर (गोकुलपुर मेहलकुन) तथा आपसोती शिव मन्दिरमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएकाे थियाे । कार्यक्रममा सहभागीहरूले लागुपदार्थ दुर्व्यसनका असरबारे विस्तृत जानकारी लिँदै सचेत बन्ने प्रतिबद्धता जनाए।

प्रतिज्ञा हस्ताक्षर अभियानअन्तर्गत करिब २५०० जनाले हस्ताक्षर गर्दै लागुपदार्थ मुक्त समाज निर्माणको लागि आफ्नो समर्थन जनाएका छन्। उपस्थित सहभागीहरूले समाज सुधारका लागि यस्ता अभियानहरूको निरन्तरताको आवश्यकता औंल्याएका छन्।

कार्यक्रममा गुर्भाकोट नगरपालिका उपप्रमुख मैना विक, वडा नं. ७, ८, ९ का अध्यक्षहरू, अस्थायी प्रहरी पोस्ट बोटेचौरका प्रमुख जे.बी. खड्का, सम्पूर्ण मन्दिर व्यवस्थापन समिति, विद्यालयका निमित्त प्रधानाध्यापक प्रेम पुन, विद्यालयका शिक्षकहरू तथा विद्यार्थी स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाध्यक्ष हरिलाल खड्काले कार्यक्रममा बोल्दै युवाहरूमा लागुपदार्थ दुर्व्यसनको बढ्दो प्रयोग गम्भीर चिन्ताको विषय भएको बताए। उनले समाजलाई सकारात्मक दिशामा अघि बढाउन यस्ता सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता रहेको बताउँदै विद्यालयले आगामी दिनमा पनि यस्ता अभियानहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रमको समापनमा सहभागी सबैले स्वस्थ जीवनशैली अपनाउने, लागुपदार्थबाट टाढा रहने र अरूलाई पनि सचेत गराउने प्रतिबद्धता जनाएका छन्। आयोजकहरूका अनुसार यस्ता अभियानहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *