• फाल्गुन ७, २०८१
  • No Comment
  • 41

आजकाे माैसम : उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। यसै कारण देशका विभिन्न स्थानमा मौसममा विविध परिवर्तन देखिएको छ।

आज सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया सफा मौसम रहने अनुमान गरिएको छ। तराईका केही भागहरूमा बिहान हुस्सु लागेको छ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य स्थानहरूमा मौसम सफा रहनेछ।

राति सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात पर्न सक्ने सम्भावना छ।

आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने तथा बिहीबार बिहान तराईका केही भागहरूमा बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *