• फाल्गुन ७, २०८१
  • No Comment
  • 134

आजकाे माैसम : उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। यसै कारण देशका विभिन्न स्थानमा मौसममा विविध परिवर्तन देखिएको छ।

आज सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया सफा मौसम रहने अनुमान गरिएको छ। तराईका केही भागहरूमा बिहान हुस्सु लागेको छ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य स्थानहरूमा मौसम सफा रहनेछ।

राति सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात पर्न सक्ने सम्भावना छ।

आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने तथा बिहीबार बिहान तराईका केही भागहरूमा बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *