- फाल्गुन ७, २०८१
- No Comment
- 7
संसारको सबैभन्दा स्वास्थ्यवर्द्धक खानेकुराहरू हेर्नुहाेस

स्वस्थ जीवनशैलीको लागि खानपानले महत्त्वपूर्ण भूमिका खेल्छ। हाम्रो अनुहारको चमक र शारीरिक स्वास्थ्य हाम्रो खानपानमा निर्भर गर्दछ। सन्तुलित आहार लिनु भनेको शरीरलाई आवश्यक सम्पूर्ण पोषक तत्वहरू प्राप्त गर्नु हो। असन्तुलित खानपानले दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ।
आजको व्यस्त जीवनशैलीमा हामीले सन्तुलित खानपानलाई उपेक्षा गर्दै आएका छौँ। सहज र छिटो तयार हुने खानाले हाम्रो शरीरलाई आवश्यक पोषण दिन सक्दैन। वैज्ञानिकहरूले विभिन्न अध्ययनहरू गर्दै एक सयवटा स्वास्थ्यवर्द्धक खानेकुराहरूको सूची तयार गरेका छन्। यी खानेकुरा सजिलै गाउँघरमै उपलब्ध हुने मात्र नभई, सस्तो र पोषणयुक्त पनि हुन्छन्।
१. बदाम: बदाम प्रोटिन र मोनो-अनस्याचुरेटेड फ्याटको राम्रो स्रोत हो। यसले मुटु स्वास्थ्यलाई मजबुत बनाउनुका साथै दिमागी क्षमतामा सुधार ल्याउँछ। नियमित रूपमा ५-७ वटा बदाम खानाले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्दछ।
२. समुद्री खाना: विशेषगरी रेड स्नाइपर माछा, जसमा उच्च पोषण तत्व पाइन्छ। समुद्री खानामा ओमेगा-३ फ्याटी एसिड पाइन्छ, जसले मुटु र मस्तिष्क स्वास्थ्यलाई बलियो बनाउँछ।
३. जुनार/सुन्तला: भिटामिन सीको उत्तम स्रोत, जसले छालालाई चम्किलो बनाउनुका साथै प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। नियमित रूपमा सेवन गर्दा संक्रमणविरुद्ध लड्न मद्दत गर्छ।
४. अनार: अनारमा एन्टि-अक्सिडेन्ट र आइरन प्रशस्त मात्रामा पाइन्छ। रक्तसञ्चार सुधार गर्न सहयोग पुर्याउने यो फल विशेषगरी रक्तअल्पता भएका व्यक्तिहरूका लागि लाभदायक हुन्छ।
५. खर्बुजा: गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न खर्बुजा अति उपयोगी हुन्छ। यसमा पर्याप्त पानीको मात्रा हुने भएकाले पाचन प्रणालीलाई बलियो राख्छ।
६. बन्दा/ब्रोकाउली: बन्दा र ब्रोकाउली फाइबरयुक्त तरकारी हुन्, जसले पाचन प्रणाली सुधार गर्छन्। ब्रोकाउलीमा क्यान्सर प्रतिरोधात्मक गुणहरू पनि पाइन्छ।
७. गाजर: भिटामिन ए, आइरन र फाइबरयुक्त गाजर आँखाको लागि लाभदायक मानिन्छ। यसको नियमित सेवनले छालालाई चमकदार बनाउँछ।
८. सिमी: सिमी विभिन्न प्रकारका हुन्छन्, जस्तै हरियो सिमी, कालो सिमी, मसुरो आदि। यी सबैले शरीरमा रहेको खराब कोलेस्टेरोल घटाउने कार्य गर्छन्।
९. अदुवा: अदुवा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने महत्वपूर्ण जडीबुटी हो। यसको नियमित सेवनले पाचन प्रणाली सुधार गर्नुका साथै ज्वरो, खोकी तथा चिसोबाट बचाउँछ।
१०. अंजीर: अंजीर प्राचीन फल हो, जसमा म्याङ्गनीज तत्व पाइन्छ। यसले शरीरको पाचन प्रणालीलाई स्वस्थ राख्छ र कब्जियतको समस्या हटाउँछ।
यी सबै खानेकुरा सन्तुलित मात्रामा खानुपर्छ। पोषणयुक्त आहारको नियमित सेवनले जीवनशैलीमा सुधार ल्याउनुका साथै रोगहरूबाट बच्न मद्दत गर्छ। विशेषगरी महिलाहरूमा आइरनको कमी देखिने भएकाले उनीहरूले आइरनयुक्त खाना खानुपर्छ। साथै, हामीले खाने फलफूल, तरकारी वा अन्य खानेकुरा सफा, ताजा र विषादीरहित हुनुपर्छ।
स्वस्थ जीवनशैली अपनाउन उचित खानपान र नियमित व्यायाम अति आवश्यक छ। स्वस्थ रहनका लागि पोषणयुक्त खाना खानुपर्छ र मानसिक शान्ति पनि कायम राख्नुपर्छ।