• फाल्गुन ८, २०८१
  • No Comment
  • 81

चन्द्रनिगापुरमा विद्युत् चुहावट गर्ने ७ जना पक्राउ

नेपाल विद्युत प्राधिकरण (नेवि प्रा) चन्द्रनिगापुर शाखाले विद्युत् चुहावट गर्ने सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूले मिटरको शील तोडेर, हुकिङ तथा तारमा सिधैँ जडान गरी अवैध रूपमा विद्युत् प्रयोग गरिरहेका थिए।

प्राधिकरणका अनुसार, जिल्लाको वृन्दावन र चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा विशेष निगरानीका क्रममा बुधबार राति उनीहरूलाई पक्राउ गरिएको हो। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा गरिएको कारबाहीमा ती व्यक्तिहरू रंगेहात समातिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र चन्द्रनिगापुरका प्रमुख इन्जिनियर धीरेन्द्र यादवले जानकारी दिए।


विद्युत् चुहावटले प्राधिकरणलाई ठूलो आर्थिक क्षति पुर्याउने मात्र नभई, आगलागी तथा अन्य दुर्घटनाको जोखिमसमेत बढाउने इन्जिनियर यादवले बताए। यसकारण, चुहावट रोकथामका लागि कडा कदम चाल्नुपर्ने आवश्यकतामा उनले जोड दिए।


विद्युत् चोरी नियन्त्रणका लागि प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा उपभोक्तासँग सहकार्य गर्दै निगरानीलाई अझै कडाइ गर्ने जनाएको छ। साथै, यदि कसैले यस्ता अवैध गतिविधि देखेमा तुरुन्तै जानकारी दिन अनुरोध गरिएको छ।

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *