• फाल्गुन ८, २०८१
  • No Comment
  • 136

चन्द्रनिगापुरमा विद्युत् चुहावट गर्ने ७ जना पक्राउ

नेपाल विद्युत प्राधिकरण (नेवि प्रा) चन्द्रनिगापुर शाखाले विद्युत् चुहावट गर्ने सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूले मिटरको शील तोडेर, हुकिङ तथा तारमा सिधैँ जडान गरी अवैध रूपमा विद्युत् प्रयोग गरिरहेका थिए।

प्राधिकरणका अनुसार, जिल्लाको वृन्दावन र चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा विशेष निगरानीका क्रममा बुधबार राति उनीहरूलाई पक्राउ गरिएको हो। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा गरिएको कारबाहीमा ती व्यक्तिहरू रंगेहात समातिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र चन्द्रनिगापुरका प्रमुख इन्जिनियर धीरेन्द्र यादवले जानकारी दिए।


विद्युत् चुहावटले प्राधिकरणलाई ठूलो आर्थिक क्षति पुर्याउने मात्र नभई, आगलागी तथा अन्य दुर्घटनाको जोखिमसमेत बढाउने इन्जिनियर यादवले बताए। यसकारण, चुहावट रोकथामका लागि कडा कदम चाल्नुपर्ने आवश्यकतामा उनले जोड दिए।


विद्युत् चोरी नियन्त्रणका लागि प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा उपभोक्तासँग सहकार्य गर्दै निगरानीलाई अझै कडाइ गर्ने जनाएको छ। साथै, यदि कसैले यस्ता अवैध गतिविधि देखेमा तुरुन्तै जानकारी दिन अनुरोध गरिएको छ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *