- फाल्गुन ५, २०८१
- No Comment
- 107
मनाङको भ्राका क्षेत्रमा भूकम्पको धक्का महसुस
हिमाली जिल्ला मनाङको भ्राका क्षेत्रमा आज (सोमबार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ८ः२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रबिन्दु रहेको भ्राकासहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको भए पनि कुनै ठूलो जनधनको क्षति भएको खबर छैन। भूकम्पपछि स्थानीय त्रसित भएका छन्। नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले यस घटनाले पूर्वसावधानी अपनाउनु आवश्यक रहेको देखिएको छ।