• फाल्गुन २, २०८१
  • No Comment
  • 46

राष्ट्रिय युवा संघ बाँकेद्वारा हिमालयन रोडिज उपविजेता अर्बिन चन्दको सम्मान

हिमालयन रोडिज सिजन – ६ का उपविजेता अर्बिन चन्द ठकुरीलाई राष्ट्रिय युवा संघ बाँकेले विशेष सम्मान प्रदान गरेको छ। बाँके कोहलपुर निवासी चन्दलाई जिल्लाको गौरवको रूपमा चिनाउँदै, राष्ट्रिय युवा संघ बाँकेले नेकपा एमाले बाँके कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच सम्मान गरेको हो।

संघका सचिव सुनिल रसाइलीका अनुसार चन्दले हिमालयन रोडिजजस्तो प्रतिष्ठित प्रतिस्पर्धामा आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत बाँके र नेपाली युवालाई प्रेरित गरेका छन्। उनले राष्ट्रिय तथा स्थानीय स्तरमा बाँकेको पहिचान बढाउन योगदान दिएको भन्दै संघले चन्दलाई विशेष सम्मान प्रदान गरेको हो।

यस अवसरमा नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज खेमराज शर्मा, नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य कुस्माखर बस्याल, जिल्ला इन्चार्ज पिबेन्द्र लामा (कालू), तथा राष्ट्रिय युवा संघ बाँकेका अन्य महत्वपूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय युवा संघ बाँकेका ८ वटै पालिकाका अध्यक्षहरू पनि कार्यक्रममा उपस्थित थिए। उपस्थित अतिथिहरूले अर्बिनको सफलतालाई प्रेरणादायी उदाहरणका रूपमा प्रस्तुत गर्दै भविष्यमा थप उपलब्धिहरूको कामना व्यक्त गरे।

कार्यक्रमकै क्रममा राष्ट्रिय युवा संघ बाँकेले काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारप्रसार अभियान अन्तर्गत एमाले बाँके पार्टी कार्यालय नेपालगन्जमा सेल्फी बोर्ड र होल्डिङ बोर्डको स्थापना गरेको छ।

यो सम्मान तथा गतिविधिहरूले जिल्लाको युवा शक्तिलाई प्रोत्साहन गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *