• माघ २९, २०८१
  • No Comment
  • 133

अमेरिकी गायक भिन्स नीलको विमान दुर्घटना, एकको मृत्यु, तीन घाइते

अमेरिकी चर्चित ब्याण्ड मोट्ली क्रुका प्रमुख गायक भिन्स नीलको व्यक्तिगत विमान सोमबार अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा दुर्घटना भएको छ।

स्थानीय समयअनुसार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भिन्सका प्रतिनिधि वोरिक रोबिन्सका अनुसार विमान अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर फेल भएको थियो। विमान धावनमार्गमा चिप्लिएर पार्किङमा राखिएको गल्फस्ट्रिम २०० जेटसँग ठोक्किएपछि दुर्घटना भएको हो।

रोबिन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विमानमा दुई पाइलट र दुई यात्रु थिए, तर भिन्स सो विमानमा थिएनन्।” हालसम्म मृतक र घाइतेको नाम सार्वजनिक गरिएको छैन।

पछिल्लो समय अमेरिकामा लगातार हुने विमान दुर्घटनाले चिन्ता बढाएको छ। गत ११ दिनमा मात्रै तीन ठूला विमान दुर्घटनामा ८४ जनाको मृत्यु भएको छ। जनवरी २९ मा वासिङ्टन डीसी, फेब्रुअरी १ मा पेन्सिलभेनिया र फेब्रुअरी ८ मा अलास्कामा भएका दुर्घटनामा क्रमशः ६७, ७ र १० जनाको ज्यान गएको थियो।

फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए)का अनुसार तीनवटै दुर्घटनाका ब्ल्याक बक्स फेला परिसकेको छ र घटनाको अनुसन्धान तीव्र रूपमा भइरहेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *