• माघ २९, २०८१
  • No Comment
  • 52

अमेरिकी गायक भिन्स नीलको विमान दुर्घटना, एकको मृत्यु, तीन घाइते

अमेरिकी चर्चित ब्याण्ड मोट्ली क्रुका प्रमुख गायक भिन्स नीलको व्यक्तिगत विमान सोमबार अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा दुर्घटना भएको छ।

स्थानीय समयअनुसार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भिन्सका प्रतिनिधि वोरिक रोबिन्सका अनुसार विमान अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर फेल भएको थियो। विमान धावनमार्गमा चिप्लिएर पार्किङमा राखिएको गल्फस्ट्रिम २०० जेटसँग ठोक्किएपछि दुर्घटना भएको हो।

रोबिन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विमानमा दुई पाइलट र दुई यात्रु थिए, तर भिन्स सो विमानमा थिएनन्।” हालसम्म मृतक र घाइतेको नाम सार्वजनिक गरिएको छैन।

पछिल्लो समय अमेरिकामा लगातार हुने विमान दुर्घटनाले चिन्ता बढाएको छ। गत ११ दिनमा मात्रै तीन ठूला विमान दुर्घटनामा ८४ जनाको मृत्यु भएको छ। जनवरी २९ मा वासिङ्टन डीसी, फेब्रुअरी १ मा पेन्सिलभेनिया र फेब्रुअरी ८ मा अलास्कामा भएका दुर्घटनामा क्रमशः ६७, ७ र १० जनाको ज्यान गएको थियो।

फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए)का अनुसार तीनवटै दुर्घटनाका ब्ल्याक बक्स फेला परिसकेको छ र घटनाको अनुसन्धान तीव्र रूपमा भइरहेको छ।

सम्बन्धित खबर

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

चौकुने ।“दिगो र तिव्र बिकास चौकुनेको रहर ,गुणस्तरीय शिक्षा र ब्यवसायिक कृषिमा लहर ” भन्ने मुल नाराका साथ खडक बिवस वासपानेको…
मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *