- माघ २४, २०८१
- No Comment
- 28
प्रेस चौतारी नेपाल, सुर्खेतको नयाँ कार्यसमिति चयन

प्रेस चौतारी नेपाल, सुर्खेतको सातौं जिल्ला अधिवेशन बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ, जसको अध्यक्षमा मुना हमाल चयन भएकी छन् ।
नवगठित कार्यसमितिको उपाध्यक्ष (खुला) पदमा दिनेशकुमार बुढा र उपाध्यक्ष (महिला)को पदमा चन्द्रा कँडे चयन भएका छन् । सचिवको जिम्मेवारी रजनी योगीलाई दिइएको छ, भने खुला सहसचिवको पदमा कुलेन्द्र शाही, समावेशी सहसचिवको पदमा तेजबहादुर रोकाय र कोषाध्यक्षको जिम्मेवारी नवराज रोकाया परेका छन् ।
यस्तै : सदस्यमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, अनिता विक, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा, चन्द्रबहादुर वली, र नवराज उपाध्याय छन ।