• माघ २१, २०८१
  • No Comment
  • 56

  बेलायतका राजकुमार किन आउँदैछन नेपाल ?

पहिलो कुटनीतिक सम्बन्ध विस्तार गरिएको बेलायतका राजकुमार एडवार्ड मंगलबार नेपाल भ्रमणका लागि काठमाडौं उत्रिने भएका छन्।

पत्नी सोफियासहित उनी नेपाल आएर ५ दिन बिताउनेछन्। उनको भ्रमण कुटनीतिक नभएर निजी रहेको बताइएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार मंगलबार दिउँसो आएर उनी शनिबार फर्कनेछन्। गृह मन्त्रालयले राजकुमार र उनको टिमको भ्रमणको सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरूको सुरक्षाका लागि पिएसओ खटाउने तयारी गरेको छ।

राजकुमार र उनको टिम माइती नेपाल, कीर्तिपुर आँखा अस्पताल, भक्तपुरको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । उनी घुम्नका लागि पोखरासमेत जानेछन् ।

बेलायती राजपरिवारको वेबसाइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो।

बेलायती राजसंस्थाले नेपाललाई दिएको यो पहिलो ग्राहयता भने होइन। हालै मात्र त्यहाँका राजा चार्ल्सको निजी सुरक्षामा नेपाली भूपू गोर्खा सैनिकलाई नियुक्त गरिएको थियो।

सम्बन्धित खबर

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…
नेपालले आज युगाण्डासँग खेल्दै

नेपालले आज युगाण्डासँग खेल्दै

चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज युगाण्डासँग प्रतिस्पर्धा गर्दैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न…
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६ जिल्लामा सार्वजनिक बिदा

पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६…

नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) रंगहरूको उत्सव होली अर्थात् फागु पर्व उल्लासपूर्वक मनाईँदैछ। फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *