• माघ ११, २०८१
  • No Comment
  • 306

जाजरकोटमा १२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकाकाे हत्या

जाजरकोमा मामाले धारिलाे हतियार  प्रहार गरी भान्जीको हत्या गरेका छन ।
जाजरकोट बारेकोट गाउँपालिका–७ स्याँलास्थित बिहीबार १२ वर्षीय मामाले ३ वर्षीया भान्जीको हत्या गरेको खुलेको छ । ३ वर्षीया बालिका घर नजिकै परालले ढाकिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरसंग बताए ।

उनका अनुसार मृतक बालिकाको घाँटीमा चक्कुको घाउ देखिएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा बालकले उक्त हत्याको जिम्मेवारी स्वीकार गरेको र उनीहरूको बीचमा मामाभान्जीको नाता रहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान जारी राखिएको र बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यद्यपि उनीहरुको नाम र थप विवरण प्रहरीले गोप्य राखेको छ ।
घटना सम्बन्धी थप जानकारी आउन बाँकि रहेको छ ।

सम्बन्धित खबर

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…
सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *