• माघ ११, २०८१
  • No Comment
  • 141

जाजरकोटमा १२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकाकाे हत्या

जाजरकोमा मामाले धारिलाे हतियार  प्रहार गरी भान्जीको हत्या गरेका छन ।
जाजरकोट बारेकोट गाउँपालिका–७ स्याँलास्थित बिहीबार १२ वर्षीय मामाले ३ वर्षीया भान्जीको हत्या गरेको खुलेको छ । ३ वर्षीया बालिका घर नजिकै परालले ढाकिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरसंग बताए ।

उनका अनुसार मृतक बालिकाको घाँटीमा चक्कुको घाउ देखिएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा बालकले उक्त हत्याको जिम्मेवारी स्वीकार गरेको र उनीहरूको बीचमा मामाभान्जीको नाता रहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान जारी राखिएको र बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यद्यपि उनीहरुको नाम र थप विवरण प्रहरीले गोप्य राखेको छ ।
घटना सम्बन्धी थप जानकारी आउन बाँकि रहेको छ ।

सम्बन्धित खबर

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट तत्काल लागू गरियोस

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट…

 सुर्खेत। कर्णाली प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै…
वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *