• माघ ८, २०८१
  • No Comment
  • 10

दैलेख बजारमा बसपार्क व्यवस्थापनको नयाँ निर्णय

दैलेख जिल्ला सदरमुकाम बसपार्क व्यवस्थापनको निर्णय टुङ्गोमा पुगेको छ । वर्षौंदेखि विवादमा रहेको दैलेख बजारमा अव्यवस्थित यात्रुवाहक गाडीहरू पार्किङ गर्नाले बजार  साँघुरो बनेको थियाे । जस्‌का कारणले गर्दा स्थानिय निकाय र जिल्ला प्रशासनले समस्याको समाधानका लागि नयाँ निर्णय गरेका छन् ।

हिजाे साेमबार बसेकाे बैठकले याे निर्णय गरिएकाे थियाे । धेरै समय अगाडी देखि यात्रुहरूले शास्ती भोग्नु परेकाले जनगुनासो भएको हुँदा सोमबार दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा जिल्लाका विभिन्न राजनीतिक दल जनप्रतिनिधि, सुरक्षा प्रमुखहरू, सराेकारवाला निकायका सहभागिहरू, यातायात व्यवसायीहरू लगायत स्थानीयको उपस्थिति रहेको थियो । दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका -१ स्थित दैलेख बजारको प्रवेशद्वारमा रहेको पुरानो बसपार्क र सोही नगरपालिका- ६ स्थित काँडाचौरमा नयाँ बसपार्क बनाइएको छ।

 

यहाँको स्थानीय निकाय र प्रशासनको निर्णयलाई अटेर गरेको  दैलेख जिल्ला समन्वय समितिका प्रमुख नवराज शाहीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दैलेखमा धेरै चोटी यस्ता निर्णय भएता पनि
कार्यान्वयन हुन सकिरहेको थिएन ।

विगतमा पनि काँडाचौर बसपार्कलाई मुख्य बसपार्क मान्ने र पुरानो बसपार्कलाई छुट काउन्टरको रुपमा सञ्चालन गर्ने भन्ने यस्ता निर्णयहरु बारम्बार भएको तर यातायात व्यवसायीहरुले मनपरी गर्ने तथा जनतालाई दुःख दिने गरेको यहाँको स्थानीय निकाय र प्रशासन मुखदर्शक बनेको  स्थानीय भुवन मल्लले बताउनुभयो ।

कार्यक्रममा उपस्थित सबैको निर्णयअनुसार सुर्खेत नेपालगञ्जबाट आउने यात्रुवाहक गाडीहरू मालपोत तल्लो बाटो हुँदै यात्रुलाई झार्ने ठाउँमा झार्ने र काँडोचोर बसपार पुग्नुपर्ने फर्किने बेला बजार हुँदै पुरानो बसपार्कबाट गाडीहरु छुटाउनुपर्ने भनी गरिएको छ ।

निर्णयलाई व्यवस्था गरेको खण्डमा यातायात व्यवसायीलाई नै कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभएको छ । उक्त निर्णयलाई २०८१ साल माघ १० गतेबाट कार्यान्वयनमा ल्याउने निर्णय गरियो ।

सम्बन्धित खबर

बझाङमा भालुको आक्रमणबाट १  महिला गम्भीर घाइते

बझाङमा भालुको आक्रमणबाट १ महिला गम्भीर घाइते

बझाङको खप्तडछान्ना गाउँपालिकामा जंगली भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन । खप्तडछान्ना गाउँपालिका–४, माझी गाउँकी २८ वर्षीया अंगिरा रोकायालाई…
हुम्लामा खानेपानीको समस्या

हुम्लामा खानेपानीको समस्या

कर्णालीको विकट ठाउँ हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी…
महिला टवान्टी–२० विश्वकपमा आज अष्ट्रेलियाविरुद्ध नेपाल भिड्दै

महिला टवान्टी–२० विश्वकपमा आज अष्ट्रेलियाविरुद्ध नेपाल भिड्दै

आज महिला टवान्टी–२० विश्वकपमा अष्ट्रेलियाविरुद्ध नेपाल भिड्दै छ आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *