• माघ ८, २०८१
  • No Comment
  • 271

दैलेख बजारमा बसपार्क व्यवस्थापनको नयाँ निर्णय

दैलेख जिल्ला सदरमुकाम बसपार्क व्यवस्थापनको निर्णय टुङ्गोमा पुगेको छ । वर्षौंदेखि विवादमा रहेको दैलेख बजारमा अव्यवस्थित यात्रुवाहक गाडीहरू पार्किङ गर्नाले बजार  साँघुरो बनेको थियाे । जस्‌का कारणले गर्दा स्थानिय निकाय र जिल्ला प्रशासनले समस्याको समाधानका लागि नयाँ निर्णय गरेका छन् ।

हिजाे साेमबार बसेकाे बैठकले याे निर्णय गरिएकाे थियाे । धेरै समय अगाडी देखि यात्रुहरूले शास्ती भोग्नु परेकाले जनगुनासो भएको हुँदा सोमबार दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा जिल्लाका विभिन्न राजनीतिक दल जनप्रतिनिधि, सुरक्षा प्रमुखहरू, सराेकारवाला निकायका सहभागिहरू, यातायात व्यवसायीहरू लगायत स्थानीयको उपस्थिति रहेको थियो । दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका -१ स्थित दैलेख बजारको प्रवेशद्वारमा रहेको पुरानो बसपार्क र सोही नगरपालिका- ६ स्थित काँडाचौरमा नयाँ बसपार्क बनाइएको छ।

 

यहाँको स्थानीय निकाय र प्रशासनको निर्णयलाई अटेर गरेको  दैलेख जिल्ला समन्वय समितिका प्रमुख नवराज शाहीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दैलेखमा धेरै चोटी यस्ता निर्णय भएता पनि
कार्यान्वयन हुन सकिरहेको थिएन ।

विगतमा पनि काँडाचौर बसपार्कलाई मुख्य बसपार्क मान्ने र पुरानो बसपार्कलाई छुट काउन्टरको रुपमा सञ्चालन गर्ने भन्ने यस्ता निर्णयहरु बारम्बार भएको तर यातायात व्यवसायीहरुले मनपरी गर्ने तथा जनतालाई दुःख दिने गरेको यहाँको स्थानीय निकाय र प्रशासन मुखदर्शक बनेको  स्थानीय भुवन मल्लले बताउनुभयो ।

कार्यक्रममा उपस्थित सबैको निर्णयअनुसार सुर्खेत नेपालगञ्जबाट आउने यात्रुवाहक गाडीहरू मालपोत तल्लो बाटो हुँदै यात्रुलाई झार्ने ठाउँमा झार्ने र काँडोचोर बसपार पुग्नुपर्ने फर्किने बेला बजार हुँदै पुरानो बसपार्कबाट गाडीहरु छुटाउनुपर्ने भनी गरिएको छ ।

निर्णयलाई व्यवस्था गरेको खण्डमा यातायात व्यवसायीलाई नै कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभएको छ । उक्त निर्णयलाई २०८१ साल माघ १० गतेबाट कार्यान्वयनमा ल्याउने निर्णय गरियो ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *