• माघ ८, २०८१
  • No Comment
  • 180

दैलेख बजारमा बसपार्क व्यवस्थापनको नयाँ निर्णय

दैलेख जिल्ला सदरमुकाम बसपार्क व्यवस्थापनको निर्णय टुङ्गोमा पुगेको छ । वर्षौंदेखि विवादमा रहेको दैलेख बजारमा अव्यवस्थित यात्रुवाहक गाडीहरू पार्किङ गर्नाले बजार कुरुप साँघुरो बनेको हो । यस कारण यात्रुहरुले शास्ती भोगिरहेका थिए । जस्‌का कारणले गर्दा स्थानिय निकाय र प्रशासनले समस्याको समाधानका लागि नयाँ निर्णय गरेका छन् ।
हिजाे साेमबार बसेकाे बैठकले याे निर्णयमा गरिएकाे थियाे ।  सुर्खेत र नेपालगन्जबाट आउने यात्रुवाहक गाडीहरुलाई दैलेख जिल्लाको नारायण नगरपालिका – १ स्थित दैलेखबजारको प्रवेशद्दारमा रहेको पुरानो बसपार्क र नारायण नगरपालिका – ६ काँडाचौरस्थित नयाँ बसपार्कमा राख्ने व्यवस्था गरिएको छ । पुरानाे बसपार्कलाई छुट काउनटरको रुपमा सन्चालन गर्ने भएको छ । भने यात्रुलाई झार्ने र चडाउने स्थान काँडाचाैर बसपार्कमा हुने छ, र फर्किने बेला गाडीहरु पुरानो बसपार्कबाट छुट्ने छन् ।
यस निर्णयले बजार क्षेत्रलाई अव्यवस्थित पार्किङबाट खुल्ला पार्ने र यातायात व्यवस्था सुधार्ने लक्ष्य राखेको छ । यदि यातायात व्यवसायीहरुले यो नियम उल्लघन गरे भने, उनीहरुलाई उचित कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

धेरै समय अगाडी देखि यात्रुहरूले शास्ती भोग्नु परेकाले जनगुनासो भएको हुँदा सोमबार दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारी नवराज जैसीको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा जिल्लाका विभिन्न राजनीतिक दल जनप्रतिनिधि, सुरक्षा प्रमुखहरू, सरकारवाला निकायहरू, यातायात व्यवसायीहरू लगायत स्थानीयको उपस्थिति रहेको थियो । दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका -१ स्थित दैलेख बजारको प्रवेशद्वारमा रहेको पुरानो बसपार्क र सोही नगरपालिका- ६ स्थित काँडाचौरमा नयाँ बसपार्क बनाइएको छ।

बसपार्क हुँदाहुँदै पनि व्यवसायीहरूले मनलाग्दी जथाभावी बजार क्षेत्रमा पार्किङ गर्नाले बजार धेरै साँघुरो र कुरूप हुने यहाँको स्थानीय निकाय र प्रशासनको निर्णयलाई अटेर गरेको केही व्यापारी र बिचौलियाको हालीमुहाली भएको दैलेख जिल्ला समन्वय समितिका प्रमुख नवराज शाहीले बताउनुभयो । शाहिका अनुसार बसपार्कको विषयमा पहिला पनि यस्ता कैयौँ निर्णय गरिएकाे थियाे ।

जिल्ला प्रशासन कार्यालय दैलेखमा धेरै चोटी यस्ता निर्णय भएता पनि
कार्यान्वयन हुन सकिरहेको थिएन ।

बैठकमा साेही ठाउँका स्थानीय भुवन मल्लले,  विगतमा पनि काँडाचौर बसपार्कलाई मुख्य बसपार्क मान्ने र पुरानो बसपार्कलाई छुट काउन्टरको रुपमा सञ्चालन गर्ने भन्ने यस्ता निर्णयहरु बारम्बार भएको तर यातायात व्यवसायीहरुले मनपरी गरेको यो ज्याजति सहिय नहुने जनतालाई दुःख दिने गरेको यहाँको स्थानीय निकाय र प्रशासन मुखदर्शक बनेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित सबैको निर्णयअनुसार सुर्खेत नेपालगञ्जबाट आउने यात्रुवाहक गाडीहरू मालपोत तल्लो बाटो हुँदै यात्रुलाई झार्ने ठाउँमा झार्ने र काँडोचोर बसपार पुग्नुपर्ने फर्किने बेला बजार हुँदै पुरानो बसपार्कबाट गाडीहरु छुटाउनुपर्ने भनी गरिएको निर्णयलाई व्यवस्था गरेको खण्डमा यातायात व्यवसायीलाई नै कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभएको छ । उक्त निर्णयलाई २०८१ साल माघ १० गतेबाट कार्यान्वयनमा ल्याउने निर्णय गरियो ।

सम्बन्धित खबर

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…
कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा मर्यादित महिनावारी व्यवस्थापनको वर्तमान अवस्था, चुनौती, अवसर तथा आगामी कार्यदिशाबारे बहुपक्षीय छलफल गर्ने उद्देश्यले “महिनावारी संवाद” कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *