• माघ ४, २०८१
  • No Comment
  • 30

वर्षौंदेखि फरार रहेका २२ जना प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले अभियान सञ्चालन गरेर वर्षौंदेखि फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले ८५ जना फरार प्रतिवादीमध्ये २२ जनालाई पक्राउ गर्न सफल भएको बताउनुभयो । उहाँले जबरजस्ती करणीमा सबैभन्दा बढी १३ जना, सवारी ज्यानमा ३ जना, बैङ्किङ कसुरमा २ जना र बहुविवाह, कुटपिट, गालीबेइज्जती, सार्वजनिक अपराधमा फरार १।१ जना पक्राउ परेको बताउनुभयो ।

उक्त पक्राउ परेका व्यक्तिबाट ६ वर्ष ३ महिना ११ दिन कैद असुल र १० लाख पच्चीस हजार रुपियाँ जरिवाना असुल भएको प्रहरी प्रमुख बस्यालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा २० वर्ष अगाडिका समेत रहेको उहाँले बताउनुभयो ।

प्रहरीले पछिल्लो समय सामुदायिक सचेतनाका कार्यक्रमलाई गाउँगाउमा पुगेर सञ्चालन गरेको जनाएको छ । नागरिक सुनुवाइदेखि विभिन्न अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने गरेको प्रहरी प्रमुख बस्यालले बताउनुभयो ।

सम्बन्धित खबर

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…
पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…

Leave a Reply

Your email address will not be published. Required fields are marked *