• माघ ४, २०८१
  • No Comment
  • 142

वर्षौंदेखि फरार रहेका २२ जना प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले अभियान सञ्चालन गरेर वर्षौंदेखि फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले ८५ जना फरार प्रतिवादीमध्ये २२ जनालाई पक्राउ गर्न सफल भएको बताउनुभयो । उहाँले जबरजस्ती करणीमा सबैभन्दा बढी १३ जना, सवारी ज्यानमा ३ जना, बैङ्किङ कसुरमा २ जना र बहुविवाह, कुटपिट, गालीबेइज्जती, सार्वजनिक अपराधमा फरार १।१ जना पक्राउ परेको बताउनुभयो ।

उक्त पक्राउ परेका व्यक्तिबाट ६ वर्ष ३ महिना ११ दिन कैद असुल र १० लाख पच्चीस हजार रुपियाँ जरिवाना असुल भएको प्रहरी प्रमुख बस्यालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा २० वर्ष अगाडिका समेत रहेको उहाँले बताउनुभयो ।

प्रहरीले पछिल्लो समय सामुदायिक सचेतनाका कार्यक्रमलाई गाउँगाउमा पुगेर सञ्चालन गरेको जनाएको छ । नागरिक सुनुवाइदेखि विभिन्न अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने गरेको प्रहरी प्रमुख बस्यालले बताउनुभयो ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *