• पुस २७, २०८१
  • No Comment
  • 152

स्कर्पियो–कार ठक्कर : १३ जनामा घाइते, १ जनाको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा दुईवटा सवारी एकआपसमा ठोक्किँदा घाइते भएका १३ मध्ये एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो मनहरी–६ स्थित पूर्व–पश्चिम राजमार्गमा चितवनतर्फ आउँदै गरेको प्रदेश १– ०२६ च ५२५० नम्बरको स्कर्पियो र हेटौंडातर्फ आउँदै गरेको बा.१६ च ८३२४ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक हेटौंडा–४ स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाए । उनको उपचारको क्रममा चितवनमा ज्यान गएको जनाइएको छ । यस दुर्घटनामा अन्य १३ जना घाइते रहेको र सबैको चितवनमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा सवार चितवन राप्ति नगरपालिका–२, गड्यौलीका ५५ वर्षीय ओमकुमार श्रेष्ठ, ५० वर्षीय सुनिता श्रेष्ठ र २१ वर्षीय सुमिना श्रेष्ठ घाइते भएका छन्

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे…

 काठमाडौं, १४ वैशाख – सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षासहित शैक्षिक सहजीकरणका लागि सरकारले ६ बुँदे सर्कुलर जारी गरेको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *