• पुस २७, २०८१
  • No Comment
  • 121

स्कर्पियो–कार ठक्कर : १३ जनामा घाइते, १ जनाको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा दुईवटा सवारी एकआपसमा ठोक्किँदा घाइते भएका १३ मध्ये एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो मनहरी–६ स्थित पूर्व–पश्चिम राजमार्गमा चितवनतर्फ आउँदै गरेको प्रदेश १– ०२६ च ५२५० नम्बरको स्कर्पियो र हेटौंडातर्फ आउँदै गरेको बा.१६ च ८३२४ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक हेटौंडा–४ स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाए । उनको उपचारको क्रममा चितवनमा ज्यान गएको जनाइएको छ । यस दुर्घटनामा अन्य १३ जना घाइते रहेको र सबैको चितवनमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा सवार चितवन राप्ति नगरपालिका–२, गड्यौलीका ५५ वर्षीय ओमकुमार श्रेष्ठ, ५० वर्षीय सुनिता श्रेष्ठ र २१ वर्षीय सुमिना श्रेष्ठ घाइते भएका छन्

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *