• पुस २७, २०८१
  • No Comment
  • 19

आजको मौसम : सुदूरपश्चिम र कर्णालीका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम, कोशी, गण्डकीका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

अहिले पश्चिमी वायुको प्रभाव छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आजको मौसम साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान छ ।

आज बिहान विराटनगर, भैरहवालगायत तराईका क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । तराई/मधेशका अरु ठाउँमा हुस्सु छ । काठमाण्डौ उपत्यकामा बिहान पातलो हुस्सु छ ।

आज राति भित्रने प्रणालीले धनगढी, डडेलधुरालगायतका ठाउँमा हल्का वर्षा हुन सक्ने, लुम्बिनीमा बादल लाग्ने सम्भावना रहेको महाशाखामा मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

भोलि आइतवार रातिदेखि पानी पार्ने प्रणाली कमजोर बन्ने र सोमवारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्रता ल्याउन निर्देशन

प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्रता ल्याउन निर्देशन

  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन शहरी विकास मन्त्रालयलाई तीव्रताका साथ काम गर्न निर्देशन दिएका…
स्वास्थ्य चौकी गुटुमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्वास्थ्य चौकी गुटुमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्वास्थ्य चौकी गुटुमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण गुटु स्वास्थ्य चौकी को आयोजनामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी…
सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा बेपत्ता

सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा…

  सुर्खेतमा भोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेवत्ता भएका छन् । बुधबार जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *