• पुस २७, २०८१
  • No Comment
  • 157

आजको मौसम : सुदूरपश्चिम र कर्णालीका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम, कोशी, गण्डकीका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

अहिले पश्चिमी वायुको प्रभाव छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आजको मौसम साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान छ ।

आज बिहान विराटनगर, भैरहवालगायत तराईका क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । तराई/मधेशका अरु ठाउँमा हुस्सु छ । काठमाण्डौ उपत्यकामा बिहान पातलो हुस्सु छ ।

आज राति भित्रने प्रणालीले धनगढी, डडेलधुरालगायतका ठाउँमा हल्का वर्षा हुन सक्ने, लुम्बिनीमा बादल लाग्ने सम्भावना रहेको महाशाखामा मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

भोलि आइतवार रातिदेखि पानी पार्ने प्रणाली कमजोर बन्ने र सोमवारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *