• पुस २४, २०८१
  • No Comment
  • 58

जय ट्रफी मेन्स एलिट कप : बागमतीविरुद्ध आर्मी क्लब ब्याटिङमा

जय ट्रफी मेन्स एलिट कपको चौथो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेशले टस जितेर फिल्डिङ गरिरहेको छ ।

आर्मी र बागमतीबीचको खेल जनकपुरको रामजानकी मल्टिप्रपोज ग्राउन्डमा भइरहेको हो । यो समाचार तयार पार्दासम्म आर्मीले ५ ओभरमा बिनाविकेट १५ रन बनाएको छ ।

आर्मीले पहिलो खेलमा पुलिस तथा बागमतीले प्रदेश प्रदेशसँग ड्र खेलेका थिए ।

यस्तै, आज भइरहेको अर्को खेलमा विभागीय नेपाल पुलिस क्लबविरुद्ध मधेश प्रदेशले टस हारेर ब्याटिङ गरिरहेको छ । यी दुई टिमबीचको खेल वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा भइरहेको हो ।

खेलमा मधेशले ६ ओभरमा एक विकेट गुमाएर २५ रन बनाएको छ । मधेशको ओपनिङमा रहेका मयन यादव भने क्रिजमै छन् ।

उनले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध १०६ रनको शतकीय पारी खेलेका थिए । मयनको शतकका बाबजुद मधेश र बागमतीबीचको खेल ड्र भयो ।

सम्बन्धित खबर

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट एक ७२ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन् । दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर…
वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *