• पुस २२, २०८१
  • No Comment
  • 37

आजको मौसम: पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

आज  पहाडी भेगमा सामान्य वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको  छ ।

पश्चिमी वायुको प्रभावका कारण हिजोदेखि नै मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा भोलि कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ ।

यस्तै अरु प्रदेशका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिनुभयो ।

आज बेलुकीदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा तथा भोलि कोशी, गण्डकी र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा पनि हल्का हिमपात हुने सम्भावना छ। मौसमविद्का अनुसार थोरै ठाउँभन्दा केही ठाउँ भनेको अलि धेरै क्षेत्र हो । वर्षा र हिमपातका कारण आज र भोलि चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर बनेको छ । दिनभर घाम नलागेर चिसो बढेपछि ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् ।

तराईमा अझै केही दिन हुस्सुसँगै चिसो स्याँठ चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस जितेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

महिला त्रिकोणात्मक टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा…
सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६…
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *