• पुस ७, २०८१
  • No Comment
  • 0

कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका- ३ ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा
प्रहरीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्री भटिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिएको हो ।

यूपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन, ल्यापटप, मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र १ हजार २८० भारतीय रुपैयाँ बरामद गरिएको कैलाली प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए ।

‘उक्त गाडीभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाइछिपाइ ५४९.२०० ग्राम सुन जस्तो देखिने पदार्थका दुई टुक्रा फेला परेपछि गुप्तालाई पक्राउ गरिएको हो’, उनले भने, ‘गाडीमा सवार बर्मालाई पनि पक्राउ गरेका छौं।’ पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उद्देश्यले सुन तस्करी गरी ल्याइएको खुलेको छ।

पक्राउ परेकामध्येका सुमितले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आज रवि लामिछानेविरुद्ध मुद्दा दर्ता हुने

आज रवि लामिछानेविरुद्ध मुद्दा दर्ता हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला प्रहरी…
प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना हुँदा ३ जना घाइते

प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना हुँदा ३ जना घाइते

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । राज्यमन्त्री बम सवार प्रदेश ३-०१-०२४…
टिकटक बनाउँन खोज्दा खोलाको खोंचमा खसेर नर्स र विद्यार्थीको मृत्यु

टिकटक बनाउँन खोज्दा खोलाको खोंचमा खसेर नर्स र विद्यार्थीको…

शनिबार तेह्रथुमको मेन्छ्‌यायेम गाउँपालिकामा टिकटक बनाउन खोज्दा खोरुङ्ग खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *