• पुस १, २०८१
  • No Comment
  • 41

काठमाडौंका पुर्वमेयर पिएल सिंहको निधन

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए । २०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् । सिंहको निधनमा काठमाडौं महानगरले शोक विदा दिएको छ । नेपाली कांग्रेसका उनी नै काठमाडौं महानगरको एकमात्र मेयर हुन् । कांग्रेसले उनीपछि काठमाडौं महानगरको प्रमुखमा जित्न सकेको छैन ।

काँग्रेसले पछिल्लो समय लिएको नीतिप्रति उनले असहमति राख्दै आएका थिए । २०६३ सालको आन्दोलनपछि राजनीतिक दलको दवावमा राजाले पुनःस्थापित गरेको प्रतिनिधिसभाका २०५ सदस्यमध्ये कृष्णप्रसाद भट्टराई र पीएल सिंहले शपथ लिन अस्विकार गरेका थिए । उनको पार्थीव शरीरको अन्तिम संस्कार आजै कंकेश्वरीघाटमा गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ।

सम्बन्धित खबर

काठमाडौंमा एक वृद्धा मृत फेला

काठमाडौंमा एक वृद्धा मृत फेला

काठमाडौंमा एक वृद्धा मृत अवस्थामा भेटिएकी छन् । नुवाकोट बिदुर नगरपालिका-२ की ७४ वर्षीया बेली विक मृत अवस्थामा फेला परेकी हुन्…
काठमाडौं उपत्यकामा आजदेखि पोलियो खोप अभियान सुरु

काठमाडौं उपत्यकामा आजदेखि पोलियो खोप अभियान सुरु

काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु हुने भएको छ । भक्तपुर र ललितपुरका ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाका लागि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *