• मंसिर ३०, २०८१
  • No Comment
  • 42

सप्तरीमा स्कोर्पियोको ठक्करबाट एकजनाको मृत्यु

सप्तरीको बोदेबर्साईन नगरपालिका-१० खडकपुरस्थित स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा खडक नगरपालिका ७ कल्याणपुरका ३२ वर्षीय मोहम्मद कोराईस अलिको मृत्यु भएको हो । सुभनपट्टीबाट-बोदेबर्साइनतर्फ आउँदै गरेको विआर ०७ बिएबी ८१७२ नम्बरको भारतीय स्कोरपियोले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिँदा अलिको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा खडक नगरपालिका ११ का मोटरसाइकल चालक अन्दाजी वर्ष २४ का मो. सदाम गम्भीर घाइते भएका छन् । उनको स्थानीय जीवन ज्वोती अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको छ । ठक्कर दिने स्कोरपियो इलाका प्रहरी कार्यालय बोदेबर्साइन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

नवलपरासी जिल्लाको सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा स्थित भित्री सडक खण्डमा…
डोटीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

डोटीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा जिपले मोटरसाईकललाई ठक्कर दिँदा दिपायल सिलगढी नगरपालिका-१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ ।…
टायर पड्कँदा एकको मृत्यु, ६ जना घाईते

टायर पड्कँदा एकको मृत्यु, ६ जना घाईते

हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । मधेस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *