• असार १, २०८३
  • No Comment
  • 0

रास्वपासँग समायोजन नगर्ने ‘अटेरी लौरो अभियान’ कर्णालीको घोषणा

सुर्खेत — ‘अटेरी लौरो अभियान’ कर्णाली प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समायोजन नगर्ने निर्णय सार्वजनिक गरेको छ। प्रदेश समितिले जारी गरेको प्रेस विज्ञप्तिमार्फत विभिन्न चरणमा छलफल र संवाद भए पनि वैचारिक तथा कार्यशैलीगत समानता नदेखिएकाले समायोजन प्रक्रियामा सहभागी नहुने स्पष्ट गरेको हो।

अभियानले सुरुदेखि नै स्वच्छ राजनीति, सुशासन, पारदर्शिता, जवाफदेहिता तथा जनउत्तरदायी राजनीतिक संस्कृतिको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै रास्वपासँगको संवादमा अपेक्षित मूल्य, मान्यता र कार्यशैलीमा पर्याप्त समानता कायम हुन नसकेको निष्कर्षमा पुगेको जनाएको छ।

विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ। अभियानका अनुसार रास्वपाभित्र परम्परागत राजनीतिक दलहरूमा देखिने समूहगत स्वार्थ, शक्ति–केन्द्रित सोच तथा पुराना राजनीतिक संस्कृतिका प्रवृत्ति हाबी हुँदै गएको देखिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस्तो अवस्थाले लौरो अभियानले बोकेको वैकल्पिक राजनीतिक अभियानको मूल मर्म, उद्देश्य र जनअपेक्षालाई कमजोर बनाउने ठहर गर्दै लौरो अभियान कर्णाली प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीसँग समायोजन गर्ने विषयमा असहमत रहेको स्पष्ट गर्दछ।”

रास्वपासँग समायोजन अस्वीकार गरे पनि अभियानले वैकल्पिक राजनीति, सुशासन, सामाजिक न्याय र जनउत्तरदायी नेतृत्वको अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै लोकतान्त्रिक मूल्य–मान्यता र जनहितका मुद्दामा सबै राजनीतिक तथा सामाजिक शक्तिसँग सहकार्य र संवादका लागि सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरेको छ।

कर्णाली प्रदेश समितिले विज्ञप्तिमार्फत अभियानप्रति विश्वास, साथ र समर्थन गर्ने आम नागरिक, समर्थक तथा शुभेच्छुकप्रति धन्यवाद समेत ज्ञापन गरेको छ।

सम्बन्धित खबर

लायन्स क्लब अफ सुर्खेत दीपमालाको अध्यक्षमा थानी

लायन्स क्लब अफ सुर्खेत दीपमालाको अध्यक्षमा थानी

सुर्खेत — लायन्स क्लब अफ सुर्खेत दीपमालाको अध्यक्षमा लक्ष्मीप्रसाद थानी चयन भएका छन्। आगामी कार्यकाल सन् २०२६–२०२७ का लागि आइतबार सम्पन्न…
साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

काठमाडौं — दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्छ। खाद्य पदार्थको आ–आफ्नै पौष्टिक गुण हुने भएकाले दैनिक भोजनमा आवश्यक परिमाणमा उचित…
ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *