- असार २, २०८३
- No Comment
- 4
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका अध्यक्ष खडक बि.क. (विवश) बासपानेको प्रमुख आतिथ्यता तथा चौकुने गाउँपालिका उपाध्यक्ष नरबहादुर बान्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रशिक्षक विशाल आचार्यले सहजीकरण गर्दै मेलमिलापकर्ताहरूलाई विवाद व्यवस्थापन, मेलमिलाप प्रक्रिया, संवाद तथा सहजीकरण सीप, कानुनी व्यवस्था लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। दुई दिनसम्म सञ्चालन भएको तालिममा सहभागी मेलमिलापकर्ताहरूले समुदायमा उत्पन्न हुने विभिन्न प्रकारका विवादहरूलाई आपसी समझदारी र मेलमिलापका माध्यमबाट समाधान गर्ने व्यवहारिक ज्ञान तथा सीप हासिल गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष खडक बि.क. (विवश) बासपानेले स्थानीय स्तरमा हुने विवादहरूलाई अदालतसम्म पुग्न नदिई समुदायमै समाधान गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
उहाँले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी समाजमा शान्ति, सद्भाव र न्याय प्रवर्द्धन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले समुदायस्तरमा उत्पन्न हुने साना–ठूला विवादहरूलाई स्थानीय तहमै मेलमिलापको माध्यमबाट समाधान गर्न सक्षम जनशक्ति उत्पादन गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले मेलमिलापकर्ताले निष्पक्ष, न्यायपूर्ण र जिम्मेवार ढंगले काम गर्दै समाजमा शान्ति, सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।
साथै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै गाउँपालिकाभित्रको विवाद व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले स्थानीय सरकार समुदायमा मेलमिलाप संस्कृतिको विकास र प्रवर्द्धन गर्न सधैं प्रतिबद्ध रहेको समेत बताउनुभयो। तालिमले स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी बनाउन तथा समुदायस्तरमा मेलमिलाप संस्कृतिको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो। भने कार्यक्रम संचालन गोपाल प्रसाद न्यौपानेले गर्नु भएको थियो



