• मंसिर ५, २०८१
  • No Comment
  • 152

के तपाईलाई थाहा छ ? खाली पेट हिड्दा तौल कसरि घट्छ ? हेर्नुहाेस

मोटोपनबाट ग्रस्त भएका मानिसहरू आफ्नो शरीरलाई पातलो बनाउन जे पनि गर्न तयार हुन्छन् । आजकल धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् र पेटको बोसो घटाउन धेरै उपाय अपनाइरहेका पनि छन् । बिहान खाली पेटमा छिटो छिटो हिड्दा मोटोपना कम हुन्छ भन्ने धेरैलाई लाग्छ ।

तौल घटाउने उपायका रूपमा खाली पेट हिँड्ने बानी हालै चर्चामा आएको हो । यसलाई ‘फास्टेड कार्डियो’ पनि भनिन्छ । यो अभ्यास तब गरिन्छ जब व्यक्तिले लामो समयसम्म केहि पनि खाएको हुन्न, जस्तै बिहान उठेपछि । वैज्ञानिक दृष्टिकोणले यसो गर्दा धेरै फाइदा हुन सक्छ तर यसलाई अपनाउनुअघि केही कुरालाई ध्यानमा राख्नुपर्छ ।

खाली पेटमा हिड्दा तौल घटाउन कसरी मद्दत मिल्छ ?
शरीरको बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्नेः
जब तपाईं खाली पेटमा हिँड्नुहुन्छ, शरीरले ग्लुकोज वा ऊर्जाको लागि तत्काल अन्य स्रोतहरू पाउँदैन । यस्तो अवस्थामा शरीरले पहिले नै जम्मा भएको बोसोलाई टुक्रयाएर ऊर्जा लिन्छ । यो प्रक्रिया तौल घटाउन मद्दत गर्न सक्छ ।

मेटाबोलिज्ममा सुधारः
खाली पेटमा हिड्दा पनि मेटाबोलिज्ममा तीव्रता आउन सक्छ, जसले क्यालोरी जलाउने प्रक्रियालाई गति दिन्छ । यसले वजन घटाउने प्रक्रियालाई अझ राम्रो बनाउन सक्छ ।

तर, जरुरी छ यी कुराहरूलाई ध्यानमा राख्नु आवशयकः
खाली पेटमा हिँड्दा तौल घटाउन मद्दत मिल्ने भएतापनि यो सबैका लागि फाइदाजनक नहुन सक्छ । रगतमा चिनीको मात्रामा समस्या भएका व्यक्तिहरूले चिकित्सकको सल्लाहविना यसो गर्नु हुन्न ।
पेट घटाउन कतिबेर टहल्ने ?

३०-४५ मिनेटसम्म हिँड्नुस्ः
तपाईंको लक्ष्य पेटको बोसो घटाउने छ भने दैनिक ३० देखि ४५ मिनेट छिटो-छिटो हिँड्दा फाइदा हुन्छ । यसले शरीरमा क्यालोरी बर्न गर्ने प्रक्रियालाई गति दिन्छ र पेटको बोसो घटाउन मद्दत गर्छ ।

तीव्र गतिमा हिड्नुस्ः
तीव्र गतिमा हिड्दा सामान्य हिड्दाभन्दा धेरै क्यालोरी जल्छ । तपाईं ५-७ किलोमिटर प्रति घण्टाको गतिमा हिड्ने प्रयास गर्न सक्नुहुन्छ । हिड्दा, अन्तराल अर्थात् इन्टरभल वाकल प्रयोग गर्नु लाभदायक छ । यसमा केही मिनेटको लागि छिटो हिड्ने अनि त्यसपछि केही मिनेट सामान्य गतिमा हिड्ने गरिन्छ । यसले वजन घटाउने प्रक्रियालाई बढावा दिन्छ ।

बिहानीको समयमा हिड्नेः पेटको बोसो घटाउन बिहानको समय विशेषगरी लाभदायक हुन्छ किनभने त्यस समयमा शरीर बढी सक्रिय हुन्छ र मेटाबोलिजम तीव्र हुन्छ । खाली पेटमा हिड्नु तौल घटाउने प्रभावकारी उपाय हुन सक्छ, तर यसलाई संयमित रुपमा अपनाउन जरुरी छ ।

तौल घटाउन हिड्नुका साथै स्वस्थ आहार, पर्याप्त मात्रामा पानीको सेवन र पर्याप्त निद्रा पनि महत्त्वपूणर् हुन्छ । कुनै पनि फिटनेस योजना अपनाउनु अघि आफ्नो स्वास्थ्य अवस्था अनुसार उचित सल्लाह लिनु राम्रो हुन्छ भन्ने कुरा चाँहि विचार गर्नुहोला ।

स्वास्थ्यमा कुनै समस्या भएमा चिकित्सकको सल्लाह अनुसार तौल घटाउनुहोस । दैनिक विहान हिड्ने क्रममा कुनै पनि तनाव वा मन कुरा खेलाउदै नहिड्नुहोस नत्र यस्ले नराम्रो असर पार्न सक्छ ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *