• मंसिर ५, २०८१
  • No Comment
  • 197

के तपाईलाई थाहा छ ? खाली पेट हिड्दा तौल कसरि घट्छ ? हेर्नुहाेस

मोटोपनबाट ग्रस्त भएका मानिसहरू आफ्नो शरीरलाई पातलो बनाउन जे पनि गर्न तयार हुन्छन् । आजकल धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् र पेटको बोसो घटाउन धेरै उपाय अपनाइरहेका पनि छन् । बिहान खाली पेटमा छिटो छिटो हिड्दा मोटोपना कम हुन्छ भन्ने धेरैलाई लाग्छ ।

तौल घटाउने उपायका रूपमा खाली पेट हिँड्ने बानी हालै चर्चामा आएको हो । यसलाई ‘फास्टेड कार्डियो’ पनि भनिन्छ । यो अभ्यास तब गरिन्छ जब व्यक्तिले लामो समयसम्म केहि पनि खाएको हुन्न, जस्तै बिहान उठेपछि । वैज्ञानिक दृष्टिकोणले यसो गर्दा धेरै फाइदा हुन सक्छ तर यसलाई अपनाउनुअघि केही कुरालाई ध्यानमा राख्नुपर्छ ।

खाली पेटमा हिड्दा तौल घटाउन कसरी मद्दत मिल्छ ?
शरीरको बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्नेः
जब तपाईं खाली पेटमा हिँड्नुहुन्छ, शरीरले ग्लुकोज वा ऊर्जाको लागि तत्काल अन्य स्रोतहरू पाउँदैन । यस्तो अवस्थामा शरीरले पहिले नै जम्मा भएको बोसोलाई टुक्रयाएर ऊर्जा लिन्छ । यो प्रक्रिया तौल घटाउन मद्दत गर्न सक्छ ।

मेटाबोलिज्ममा सुधारः
खाली पेटमा हिड्दा पनि मेटाबोलिज्ममा तीव्रता आउन सक्छ, जसले क्यालोरी जलाउने प्रक्रियालाई गति दिन्छ । यसले वजन घटाउने प्रक्रियालाई अझ राम्रो बनाउन सक्छ ।

तर, जरुरी छ यी कुराहरूलाई ध्यानमा राख्नु आवशयकः
खाली पेटमा हिँड्दा तौल घटाउन मद्दत मिल्ने भएतापनि यो सबैका लागि फाइदाजनक नहुन सक्छ । रगतमा चिनीको मात्रामा समस्या भएका व्यक्तिहरूले चिकित्सकको सल्लाहविना यसो गर्नु हुन्न ।
पेट घटाउन कतिबेर टहल्ने ?

३०-४५ मिनेटसम्म हिँड्नुस्ः
तपाईंको लक्ष्य पेटको बोसो घटाउने छ भने दैनिक ३० देखि ४५ मिनेट छिटो-छिटो हिँड्दा फाइदा हुन्छ । यसले शरीरमा क्यालोरी बर्न गर्ने प्रक्रियालाई गति दिन्छ र पेटको बोसो घटाउन मद्दत गर्छ ।

तीव्र गतिमा हिड्नुस्ः
तीव्र गतिमा हिड्दा सामान्य हिड्दाभन्दा धेरै क्यालोरी जल्छ । तपाईं ५-७ किलोमिटर प्रति घण्टाको गतिमा हिड्ने प्रयास गर्न सक्नुहुन्छ । हिड्दा, अन्तराल अर्थात् इन्टरभल वाकल प्रयोग गर्नु लाभदायक छ । यसमा केही मिनेटको लागि छिटो हिड्ने अनि त्यसपछि केही मिनेट सामान्य गतिमा हिड्ने गरिन्छ । यसले वजन घटाउने प्रक्रियालाई बढावा दिन्छ ।

बिहानीको समयमा हिड्नेः पेटको बोसो घटाउन बिहानको समय विशेषगरी लाभदायक हुन्छ किनभने त्यस समयमा शरीर बढी सक्रिय हुन्छ र मेटाबोलिजम तीव्र हुन्छ । खाली पेटमा हिड्नु तौल घटाउने प्रभावकारी उपाय हुन सक्छ, तर यसलाई संयमित रुपमा अपनाउन जरुरी छ ।

तौल घटाउन हिड्नुका साथै स्वस्थ आहार, पर्याप्त मात्रामा पानीको सेवन र पर्याप्त निद्रा पनि महत्त्वपूणर् हुन्छ । कुनै पनि फिटनेस योजना अपनाउनु अघि आफ्नो स्वास्थ्य अवस्था अनुसार उचित सल्लाह लिनु राम्रो हुन्छ भन्ने कुरा चाँहि विचार गर्नुहोला ।

स्वास्थ्यमा कुनै समस्या भएमा चिकित्सकको सल्लाह अनुसार तौल घटाउनुहोस । दैनिक विहान हिड्ने क्रममा कुनै पनि तनाव वा मन कुरा खेलाउदै नहिड्नुहोस नत्र यस्ले नराम्रो असर पार्न सक्छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *