• मंसिर ३, २०८१
  • No Comment
  • 263

कर्णालीमा अझै स्ट्रेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

दिलिप कंडेल। कर्णाली प्रदेशको राजधानी सुर्खेतका बिरामीहरू स्वास्थ्य संस्थामा उपचारका लागि जान एम्बुलेन्सभन्दा स्ट्रेचरमा चढ्नुपर्ने बाध्यता रहेको छ । दुर्गम वस्तीका गर्भवती, सुत्केरी तथा अन्य बिरामीलाई एम्बुलेन्ससम्म पु-याउनका लागि स्ट्रेचरमा बोकेर लैजानु पर्छ ।

सुर्खेतका दुर्गम मानिएका चौकुने, वराहताल, सिम्ता, चिङ्गाड गाउँपालिका तथा लेकबेँसी, पञ्चपुरी नगरपालिकाका विभिन्न वडाका बिरामी उपचार सेवाका लागि स्वास्थ्य संस्था जान एम्बुलेन्सभन्दा पहिला स्ट्रेचर चढेर आउनुपर्ने बाध्यता छ ।

सडक यातायात पुग्न नसकेका ठाउँका बिरामी एम्बुलेन्ससम्म पुग्न स्ट्रेचर प्रयोग गर्नु परिरहेको छ । दुर्गम भेगमा सडक नपुगेको र सडक पुगे पनि यातायातका साधन चल्न सक्ने गरी बाटोघाटोको अवस्था नहुँदा लामो दुरीसम्म स्ट्रेचरमा बोक्नुपर्ने अवस्था आएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । चौकुने गाउँपालिकाको गाउँबस्ती निकै दुर्गममा छन् ।

यी बस्तीमा पुग्न यातायातको सुबिधा नभएकाले बिरामीलाई स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता रहेको छ । प्रायः गाउँबस्तीका गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । पालिकाले एम्बुलेन्स पनि सञ्चालन गरेको छ तर त्यहाँ चढ्न पनि पहिले स्ट्रेचरमा बोकर ल्याउनु पर्छ ।

पालिकाका हरेक वडामा एम्बुलेन्स जान सक्दैन । चौकुने गाउँपालिका गुटुका स्वास्थ्य चौकी प्रमुख गगन पाण्डेले भौगोलिक विकटताले सडक पुग्न नसक्दा एम्बुलेन्स जान नसक्ने भएकाले स्ट्रेचरमा बोकेर यातायात पुगेको ठाउँसम्म पु¥याउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

दुर्गमको भौगोलिक अवस्था र बिरामी बोक्ने मानिस नहुँदा स्वास्थ्य केन्द्रसम्म आउन नसकेका गर्भवती महिला बाध्यतावश घरमै सुत्केरी भएको स्वास्थ्य चौकी प्रमुख पाण्डेले बताउनुभयो ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे…

 काठमाडौं, १४ वैशाख – सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षासहित शैक्षिक सहजीकरणका लागि सरकारले ६ बुँदे सर्कुलर जारी गरेको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *