• मंसिर ३, २०८१
  • No Comment
  • 224

कर्णालीमा अझै स्ट्रेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

दिलिप कंडेल। कर्णाली प्रदेशको राजधानी सुर्खेतका बिरामीहरू स्वास्थ्य संस्थामा उपचारका लागि जान एम्बुलेन्सभन्दा स्ट्रेचरमा चढ्नुपर्ने बाध्यता रहेको छ । दुर्गम वस्तीका गर्भवती, सुत्केरी तथा अन्य बिरामीलाई एम्बुलेन्ससम्म पु-याउनका लागि स्ट्रेचरमा बोकेर लैजानु पर्छ ।

सुर्खेतका दुर्गम मानिएका चौकुने, वराहताल, सिम्ता, चिङ्गाड गाउँपालिका तथा लेकबेँसी, पञ्चपुरी नगरपालिकाका विभिन्न वडाका बिरामी उपचार सेवाका लागि स्वास्थ्य संस्था जान एम्बुलेन्सभन्दा पहिला स्ट्रेचर चढेर आउनुपर्ने बाध्यता छ ।

सडक यातायात पुग्न नसकेका ठाउँका बिरामी एम्बुलेन्ससम्म पुग्न स्ट्रेचर प्रयोग गर्नु परिरहेको छ । दुर्गम भेगमा सडक नपुगेको र सडक पुगे पनि यातायातका साधन चल्न सक्ने गरी बाटोघाटोको अवस्था नहुँदा लामो दुरीसम्म स्ट्रेचरमा बोक्नुपर्ने अवस्था आएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । चौकुने गाउँपालिकाको गाउँबस्ती निकै दुर्गममा छन् ।

यी बस्तीमा पुग्न यातायातको सुबिधा नभएकाले बिरामीलाई स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता रहेको छ । प्रायः गाउँबस्तीका गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । पालिकाले एम्बुलेन्स पनि सञ्चालन गरेको छ तर त्यहाँ चढ्न पनि पहिले स्ट्रेचरमा बोकर ल्याउनु पर्छ ।

पालिकाका हरेक वडामा एम्बुलेन्स जान सक्दैन । चौकुने गाउँपालिका गुटुका स्वास्थ्य चौकी प्रमुख गगन पाण्डेले भौगोलिक विकटताले सडक पुग्न नसक्दा एम्बुलेन्स जान नसक्ने भएकाले स्ट्रेचरमा बोकेर यातायात पुगेको ठाउँसम्म पु¥याउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

दुर्गमको भौगोलिक अवस्था र बिरामी बोक्ने मानिस नहुँदा स्वास्थ्य केन्द्रसम्म आउन नसकेका गर्भवती महिला बाध्यतावश घरमै सुत्केरी भएको स्वास्थ्य चौकी प्रमुख पाण्डेले बताउनुभयो ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *