• कार्तिक ४, २०८१
  • No Comment
  • 211

सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धमालाले सहयोगको माग गर्दै एक मागपत्र

सुर्खेत, दिलिप कडेल। फुलपातिमा एमालेलाइ अरबौ को दान गर्ने दानबिर महादानि मीन बहादुर गुरुङ ( भाट भटेनी सुपरमार्केटका संचालन ) लाई सुर्खेत को चौकुने गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धनिराम धमालाले सहयोग को माग गर्दै एक पत्र लेख्नु भएको छ । वडा अध्यक्ष धमालाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सो कुरा सार्वजनिक गर्नु भएको छ ।

बढ्दो बेरोजगारी , युवा पलायन जस्ता समयस्या समाधान का लागि विभिन्न निकाय संग समन्वय र सहयोग को अपिल गरेपनी नितिगत समस्या लगायत का कारण कुनै सहयोग प्राप्त हुन नसकेको भन्दै वडा अध्यक्ष धमालाले अरबौ अरब दान गर्ने तपाईं दानबिर महादानी लाई उच्च सम्मानका साथ हाम्रो यस चौकुने गाउँपालिकाबाट भारतको कालापाहाड लगायत ठाउँमा छरिएका युवा हरुलार्इ एकीकृत सामुहिक कृषि तर्फ लगानी गर्ने झन्डै १० करोड रुपैया आवश्यक रहेको हुदा उक्त रकम सहयोग गरि यस क्षेत्रमा रहेको ब्याप्त गरिबीलाई निर्मुल पार्ने पहिलो खुट्किलोमा दान गरि पुण्य कमाउन हुन अनुरोध गर्दै प्राप्त सहयोग रकमलाई युवाहरूको सामुहिक कृषि खेती , बेसार खेती , कागती खेती , बाख्रा/खसी फार्म मा लगानी गर्नुका साथै उत्पादित कृषि बस्तु भन्डारणका लागि शितभण्डार निर्माण गरिने धमालाले पत्रमा उल्लेख गर्नु भएको छ ।

साथै उल्लेखित फार्म हरुबाट उत्पादित कृषि बस्तु दानबिर दाता मिनबहादुर गुरुङ संचालक रहेको भाटभटेनी सुपरमार्केट लाई नै सुपथ मुल्यमा बिक्रि बितरण गर्ने समेत धमालाले पत्रमा उल्लेख छ । यस्तै उक्त कृषि कार्यका लागि सबै कार्यक्रम संचालन गर्न वडाले ब्यवसायिक योजना(Business Plan) समेत तयार गरिसकेको र सोही अनुसार दानबाट प्राप्त हुने रकम खर्च गरिने समेत धमालाले पत्रमा उल्लेख गर्नु भएको छ । धमाला सुर्खेत जिल्ला कै उमेरमा सबैभन्दा कान्छो वडा अध्यक्ष हुनुहुन्छ भने उहाँले ब्यवस्थापन संकायमा स्नातकोत्तर समेत उतिर्ण गर्नु भएको छ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *