• कार्तिक ४, २०८१
  • No Comment
  • 274

सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धमालाले सहयोगको माग गर्दै एक मागपत्र

सुर्खेत, दिलिप कडेल। फुलपातिमा एमालेलाइ अरबौ को दान गर्ने दानबिर महादानि मीन बहादुर गुरुङ ( भाट भटेनी सुपरमार्केटका संचालन ) लाई सुर्खेत को चौकुने गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धनिराम धमालाले सहयोग को माग गर्दै एक पत्र लेख्नु भएको छ । वडा अध्यक्ष धमालाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सो कुरा सार्वजनिक गर्नु भएको छ ।

बढ्दो बेरोजगारी , युवा पलायन जस्ता समयस्या समाधान का लागि विभिन्न निकाय संग समन्वय र सहयोग को अपिल गरेपनी नितिगत समस्या लगायत का कारण कुनै सहयोग प्राप्त हुन नसकेको भन्दै वडा अध्यक्ष धमालाले अरबौ अरब दान गर्ने तपाईं दानबिर महादानी लाई उच्च सम्मानका साथ हाम्रो यस चौकुने गाउँपालिकाबाट भारतको कालापाहाड लगायत ठाउँमा छरिएका युवा हरुलार्इ एकीकृत सामुहिक कृषि तर्फ लगानी गर्ने झन्डै १० करोड रुपैया आवश्यक रहेको हुदा उक्त रकम सहयोग गरि यस क्षेत्रमा रहेको ब्याप्त गरिबीलाई निर्मुल पार्ने पहिलो खुट्किलोमा दान गरि पुण्य कमाउन हुन अनुरोध गर्दै प्राप्त सहयोग रकमलाई युवाहरूको सामुहिक कृषि खेती , बेसार खेती , कागती खेती , बाख्रा/खसी फार्म मा लगानी गर्नुका साथै उत्पादित कृषि बस्तु भन्डारणका लागि शितभण्डार निर्माण गरिने धमालाले पत्रमा उल्लेख गर्नु भएको छ ।

साथै उल्लेखित फार्म हरुबाट उत्पादित कृषि बस्तु दानबिर दाता मिनबहादुर गुरुङ संचालक रहेको भाटभटेनी सुपरमार्केट लाई नै सुपथ मुल्यमा बिक्रि बितरण गर्ने समेत धमालाले पत्रमा उल्लेख छ । यस्तै उक्त कृषि कार्यका लागि सबै कार्यक्रम संचालन गर्न वडाले ब्यवसायिक योजना(Business Plan) समेत तयार गरिसकेको र सोही अनुसार दानबाट प्राप्त हुने रकम खर्च गरिने समेत धमालाले पत्रमा उल्लेख गर्नु भएको छ । धमाला सुर्खेत जिल्ला कै उमेरमा सबैभन्दा कान्छो वडा अध्यक्ष हुनुहुन्छ भने उहाँले ब्यवस्थापन संकायमा स्नातकोत्तर समेत उतिर्ण गर्नु भएको छ ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *