• कार्तिक २, २०८१
  • No Comment
  • 191

दैलेखका मजदुर कालिकोटमा मृत अवस्थामा फेला

कालीकोटको सदरमुकाम मान्ममा ज्याला मजदुरी गर्न गएका दैलेखका एक मजदुर मृत अवस्थामा फेला परेका छन् । खाँडाचक्र नगरपालिका-१ नावगैरा स्थित एक घर अगाडिको आँगनमा दैलेख चामुण्डा बिन्दासैनी नगरपालिका-१का ३७ वर्षीय राजेन्द्र सिजाली मगर शुक्रबार बिहान ८ बजे मृत अवस्थामाफेला परेका हुन् ।

उनी ज्याला मजदुरीका लागि कालीकोटमा बस्दै आएका थिए । मृत्यु हुनुको कारणबारे अझै नखुलेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राम प्रसाद पाण्डेले जानकारी दिएका छन् । उनले प्रहरीले घटनाको मुचुल्का लगायत अन्य अनुसन्धान कार्य गरिरहेको बताए । मगरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *