• अशोज २८, २०८१
  • No Comment
  • 219

चटपटे बेचेरै मनग्य आम्दानी

पञ्चपुरी नगरपालिका वडा न ८ दुलालथाईका टिकाराम बि क कुनै नौलो नाम होइन । विद्यालय जान थालेका बालबालिकादेखि कपाल फुलेका बुढापाका समेतले टिकारामलाई चिन्छन् । उनी बाबियाचौरमा चटपटे बेचेर चर्चित भएका छन् । २०७६ सालदेखि नै चटपटे बेच्दै आएका उनको आधा जिन्दगी चटपटे घोलेरै बितिसकेको छ ।

चटपटे बेचेर उनले राम्रो आम्दानीसमेत गरेका छन्। दिउँसो बेच्ने चटपटेका लागि चाहिने आवश्यक सामग्री बिहानै जुटाउनु उनको पहिलो काम हो । साईकलमा चटपटेको क्रेट लिएर बिध्यालय चोक र हटिया डुलाएर बेच्ने टिकारामले ५ वर्षदेखि साईकलमा चटपटे बेच्दै आएका छन् बाबियाचौरका युवापुस्ता र विद्यालय जाने बालबालिका चटपटेको कुरा गर्नेबित्तिकै टिकारामलाई सम्झन्छन् ।

गाउँमै बसेर निरन्तर चटपटे बेच्दै आउनुभएका टिकारामले आफ्नो घरखर्च चलाउने गरेका छन्।टिकाराम भन्छन्, ‘सानो व्यवसाय भनेर हेला गर्न नहुने र निरन्तर लागीराखे त्यहीबाट जीवनलाई सफल बनाउन सकिन्छ । चटपटेबाटै तिन जना छोराछोरीलाई पढाएको छु । जेठो छोराले १० कक्षा मा माइलो छोराले ८ कक्षामा पढ्दै छ। कान्छी छोरीले ५ मा पढ्दैछिन् । अहिले सम्मको आम्दानीको स्रोत भनेकै त्यही चटपटे बेचेर आउने पैसा हो।’’ निरन्तर रुपमा लगनशील भएर लागेपछि चटपटे व्यापारले घर व्यवहार चलाएको उनको अनुभव छ।

उनको साईकल ब्यापारमा सामान्य चना, भुजिया, मटर, भटमास, मसला, नुन खोर्सानी, टमाटर, कागती हुन्छ। यिनै कुरा मिसाएर चटपटे बनाएर बाबियाचौरका बासिन्दालाई चटक्क मुख मिठ्याउने सीप उनीसँग छ टिकाराम चटपटेका पाराखीहरु लोभ्याउने चटपटे बनाउने भएकाले उनकोमा चटपटे खान सधै आउने गरेको पञ्चपुरी ५ का स्थानीय स्वरुपराज आचार्यले बताउनुभएको छ । दैनीक एक हजारको सामान हाल्दा दुई हजारसम्म दैनिक आम्दानी गर्ने उनको भनाइ छ । टिकारामको परिवारलाई गाउँ घरमा चटपटेको परिवार भनेर चिनिन्छ।

सानो काम र ठुलो काम छुट्याउनेलाई टिकाराम उदाहरण बनेका छन्। चटपटे बेचेरै टिकाराम बि क ले घर, परिवारको रेखदेख र खुशीलाई सँगसँगै अगाडि बढाएका छन् ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *