• अशोज २३, २०८१
  • No Comment
  • 126

यस्ता रोगीलाई रातो मासु वर्जित

दशैं नेपालीहरूको महान् चाड हो । अन्य समय भन्दा तुलनात्मक रूपमा दशैंको बेला धेरै मासु खाइन्छ । विशेष गरी मासुकै चाड भनेर पनि दशैंलाई चिनिन्छ ।

मानव स्वास्थ्यका लागि केही हदसम्म मासु चाहिने तत्त्व पनि हो । तर मासु खाँदा सचेतना अपनाउन जरुरी हुने चिकित्सकहरू बताउँछन् ।

गंगालाल हृदय रोग केन्द्रमा कार्यरत मुटु रोग विशेषज्ञ डा.रविन्द्र सिम्खडा मासु शरीरका लागि चाहिने तत्त्व मासु खानै हुँदैन भन्ने नभए पनि आफ्नो स्वास्थ्य अवस्था बुझेर ठिक्क मात्रामा मासु खान सुझाव दिन्छन् ।

यदि पहिले नै मुटुसम्बन्धी कुनै रोगहरू जस्तै कोलेस्ट्रोल, हृदयाघातजस्ता समस्या भइसकेको छ र रातो मासुहरू नखानु भनेको छ रातो मासु वर्जित रहेको र खानै परे चिकित्सकको सल्लाहमा मात्रै खान उनको सुझाव छ ।

त्यस्तै माछा खानु पर्दा फ्राई नगरी पकाएर खानु राम्रो हुने भन्दै डा. सिम्खडा भन्छन्- ‘कुखुराको मासु पनि स्वास्थ्यका लागि लाभदायक नै हुन्छ । तर त्यसमा बोसो, चिल्लो पदार्थ घिउ, तेलको मात्रामा कमी गर्नुपर्छ ।’

दशैंमा प्राय खसी बोकाको मासु धेरै प्रयोगमा आउँछ । खसीको मासु सकेसम्म कम खानुपर्छ भन्दै उनी खसीको भित्री अङ्गहरू आन्द्रा, भुँडी, कलेजोमा अधिक चिल्लोपन हुने भएकाले यसले स्वास्थ्यमा बेफाइदा गर्ने भएकाले नखान सल्लाह दिन्छन् ।

अर्का वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल लम्साल दशैं भनेको हाम्रो सांस्कृतिक चाड भएकाले यसलाई खानपानभन्दा पनि सांस्कृतिक रूपमा मनाउनुपर्ने बताउँछन् ।

वर्षभरि कुर्सीमा बसेर काम गर्नुपर्ने कर्मचारीका लागि घरपरिवारसंग मिलेर रमाउने, घुम्न जाने, राम्रो अवसर भएर घुमघाममा रमाउन उनी सल्लाह दिन्छन् ।

मासु खानै हुँदैन भन्ने छैन । तर ठिक्क मात्रामा खान र मासुसंगै मदिरा नखान उनको सुझाव छ । धेरै मोटो व्यक्ति, मुटु रोगी, ब्लड प्रेसरका बिरामी, मधुमेहको उपचार गराइरहेका बिरामीहरूले मासु कम खाने, कोलेस्ट्रोलका बिरामीहरूले रातो मासु नखानु नै राम्रो हुने उनले बताए ।

चाडबाड भन्ने बित्तिकै टन्न माछा मासु, चिल्लो, पिरो, मदिरा, चिसो पेय पदार्थहरू लगायत अनेक थरिका खानेकुराहरू खाने र शारीरिक व्यायामहरू कम हुने हुँदा दशैं सकेपछि विभिन्न समस्याहरू लिएर जँचाउन आउनेको भीड लाग्ने गरेको अनुभव डा. लम्सालले सुनाए ।

‘दशैं सकिएपछि छाती दुखेको, मुटु दुखेको, रक्तचाप, मधुमेह बढेको लगायतका समस्याहरू लिएर धेरै बिरामी आउने गर्दछन् । त्यसैले यी सबै समस्याहरूबाट बच्न सकेसम्म मासु नखाने खाइहाले पनि ठिक्क मात्रामा खाने र नियमित व्यायाम आवश्यक छ ।’ सुझाव दिँदै उनले भने ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *