• अशोज २३, २०८१
  • No Comment
  • 139

यस्ता रोगीलाई रातो मासु वर्जित

दशैं नेपालीहरूको महान् चाड हो । अन्य समय भन्दा तुलनात्मक रूपमा दशैंको बेला धेरै मासु खाइन्छ । विशेष गरी मासुकै चाड भनेर पनि दशैंलाई चिनिन्छ ।

मानव स्वास्थ्यका लागि केही हदसम्म मासु चाहिने तत्त्व पनि हो । तर मासु खाँदा सचेतना अपनाउन जरुरी हुने चिकित्सकहरू बताउँछन् ।

गंगालाल हृदय रोग केन्द्रमा कार्यरत मुटु रोग विशेषज्ञ डा.रविन्द्र सिम्खडा मासु शरीरका लागि चाहिने तत्त्व मासु खानै हुँदैन भन्ने नभए पनि आफ्नो स्वास्थ्य अवस्था बुझेर ठिक्क मात्रामा मासु खान सुझाव दिन्छन् ।

यदि पहिले नै मुटुसम्बन्धी कुनै रोगहरू जस्तै कोलेस्ट्रोल, हृदयाघातजस्ता समस्या भइसकेको छ र रातो मासुहरू नखानु भनेको छ रातो मासु वर्जित रहेको र खानै परे चिकित्सकको सल्लाहमा मात्रै खान उनको सुझाव छ ।

त्यस्तै माछा खानु पर्दा फ्राई नगरी पकाएर खानु राम्रो हुने भन्दै डा. सिम्खडा भन्छन्- ‘कुखुराको मासु पनि स्वास्थ्यका लागि लाभदायक नै हुन्छ । तर त्यसमा बोसो, चिल्लो पदार्थ घिउ, तेलको मात्रामा कमी गर्नुपर्छ ।’

दशैंमा प्राय खसी बोकाको मासु धेरै प्रयोगमा आउँछ । खसीको मासु सकेसम्म कम खानुपर्छ भन्दै उनी खसीको भित्री अङ्गहरू आन्द्रा, भुँडी, कलेजोमा अधिक चिल्लोपन हुने भएकाले यसले स्वास्थ्यमा बेफाइदा गर्ने भएकाले नखान सल्लाह दिन्छन् ।

अर्का वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल लम्साल दशैं भनेको हाम्रो सांस्कृतिक चाड भएकाले यसलाई खानपानभन्दा पनि सांस्कृतिक रूपमा मनाउनुपर्ने बताउँछन् ।

वर्षभरि कुर्सीमा बसेर काम गर्नुपर्ने कर्मचारीका लागि घरपरिवारसंग मिलेर रमाउने, घुम्न जाने, राम्रो अवसर भएर घुमघाममा रमाउन उनी सल्लाह दिन्छन् ।

मासु खानै हुँदैन भन्ने छैन । तर ठिक्क मात्रामा खान र मासुसंगै मदिरा नखान उनको सुझाव छ । धेरै मोटो व्यक्ति, मुटु रोगी, ब्लड प्रेसरका बिरामी, मधुमेहको उपचार गराइरहेका बिरामीहरूले मासु कम खाने, कोलेस्ट्रोलका बिरामीहरूले रातो मासु नखानु नै राम्रो हुने उनले बताए ।

चाडबाड भन्ने बित्तिकै टन्न माछा मासु, चिल्लो, पिरो, मदिरा, चिसो पेय पदार्थहरू लगायत अनेक थरिका खानेकुराहरू खाने र शारीरिक व्यायामहरू कम हुने हुँदा दशैं सकेपछि विभिन्न समस्याहरू लिएर जँचाउन आउनेको भीड लाग्ने गरेको अनुभव डा. लम्सालले सुनाए ।

‘दशैं सकिएपछि छाती दुखेको, मुटु दुखेको, रक्तचाप, मधुमेह बढेको लगायतका समस्याहरू लिएर धेरै बिरामी आउने गर्दछन् । त्यसैले यी सबै समस्याहरूबाट बच्न सकेसम्म मासु नखाने खाइहाले पनि ठिक्क मात्रामा खाने र नियमित व्यायाम आवश्यक छ ।’ सुझाव दिँदै उनले भने ।

सम्बन्धित खबर

Online Gambling Enterprises That Approve PayPal Deposits

PayPal has actually become one of the most popular and relied on on-line repayment methods worldwide. This e-wallet service allows individuals…

Fortuna Casino: Analýza Tržního Hráče pro Český Hazardní Průmysl

Úvod: Fortuna Casino v Zorném Úhlu Analytika Pro analytiky v českém hazardním průmyslu představuje Fortuna Casino klíčového hráče, jehož výkonnost a…

OlyBet: Kompletní Průvodce Pro Zkušené Hráče v České Republice

Úvod: Proč by Vás OlyBet Měl Zajímati Pro pravidelné hráče v České republice je výběr online kasina klíčovým rozhodnutím, které ovlivňuje…

Leave a Reply

Your email address will not be published. Required fields are marked *