• अशोज १९, २०८१
  • No Comment
  • 6

दशैं नजिकीदै गर्दा बाबियाचौर हाटबजारमा खसी-बोका किन्नेको भीड

दशैँ तथा तिहार नजिकिएसँगै पश्चिमकै ठूलो हाटबजार रहेको बाबाियाचौरमा खसी, बाख्रा र बोकाको व्यापार बढेको छ। पश्चिमकै ठूलो साप्ताहिक हाट बजारमा दशैँका लागि पछिल्लो सातादेखि खसी, बोका किन्नेको भीड लाग्न थालेको छ। प्रत्येक शनिबार लाग्ने उक्त हाट बजारमा गत साता भन्दा यो साता खसी बोका र बाख्रा किनबेच बढी भएको खसी ब्यापारी रतन थापाले बताउनु भएको छ । अब दशैँसम्म क्रमश बढ्दै जाने थापाको भनाइ रहेको छ । सोह्रश्राद्ध सकिएसँगै दशैँका लागि खसी–बोका किन्नेको भीड रहेको उनले बताए। उनले भने ,सोह्रश्राद्धले पनि खासै असर त गरेको थिएन ।

किनकी दशैँ नजिकिएसँगै अहिले देखिनै मासुको रुपमा प्रयोग हुने खसी बोका बाख्रा किन्ने र बेच्ने क्रम बढेको छ।’ अब आउँदो साता समेत मासुका रुपमा प्रयोग हुने खसी बोकाको व्यापार बढ्ने बताएका छन् । उनका अनुसार हाट बजारमा समग्र पञ्चपुरी ,चौकुने ,बराहातालका विभिन्न क्षेत्रबाट खसी बोका र बाख्रा बिक्री र खरिदका लागि ब्यापारीहरु आउँने गरेका छन् ।उनका अनुसार टाढा–टाढाबाट खसी बोका र बाख्राको बथान लिएर बिक्रीका लागि आउने व्यापारीका लागि हाटबजार बजारभित्रै खसी–बोका थुनेर राख्ने सुरक्षित खोरको व्यवस्था गरेपछि हाटबजारमा झन भीड लाग्ने गरेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *