• अशोज २, २०८१
  • No Comment
  • 210

दाङको तुलसीपुरमा रहेको श्री मावि सामुदायिक विद्यालय देशकै उत्कृष्ट घोषणा

दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको श्री मावि सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट घोषणा भएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले श्री मावि तुलसीपुर प्रथम, काठमाण्डौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन मावि दोस्रो र दाङकै जनकल्याण मावि तेस्रो भएको घोषणा गरेको हो ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्राप्त गरेको नतिजाका आधारमा श्री मावि विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ । पहिलो हुने विद्यालयले तीन लाख, दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।

तर आर्थिक अभाव भएकोले पुरस्कार तथा पदक वितरण गर्ने मिति भने टुङ्गो नलागेको मन्त्रालयले जनाएको छ ।

यस वर्ष राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल विधाभुषण क बाट २६४ विधाभुषण ख बाट ३५ र ग बाट २१ जना विभुषित भएका मन्त्रालयले जनाएको छ ।

दिवसका अवसरमा मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *