• बैशाख २८, २०८३
  • No Comment
  • 54

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ सिजनलाई लक्षित गर्दै किसानलाई “सुक्खा धान–३” र “बहुगुणी–२” जातका उन्नत धानको बीउ उपलब्ध गराइरहेको जनाएको छ। कृषि विकास शाखाका अनुसार किसानको मागका आधारमा विभिन्न वडामा बीउ वितरण भइरहेको हो।

कृषि विकास शाखा प्रमुख लोकमणि जोशी ले किसानलाई समयमै उन्नत बीउ उपलब्ध गराएर उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँका अनुसार अनुदान कार्यक्रमले किसानलाई राहत पुग्नुका साथै आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने विश्वास लिइएको छ। चौकुने गाउँपालिकाले विगतका वर्षझैँ यस वर्ष पनि अनुदान कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।

उन्नत जातका बीउ प्रयोगबाट उत्पादन वृद्धि हुने अपेक्षासहित किसानलाई सहुलियत दरमा बीउ उपलब्ध गराइएको कृषि शाखाले बताएको छ। स्थानीय किसानले अनुदान कार्यक्रमले खेती गर्न सहज हुने र समयमै उन्नत बीउ पाएपछि उत्पादन बढ्ने विश्वास किसानको रहेको छ।

चौकुने गाउँपालिकाले आधुनिक कृषि प्रविधि, उन्नत बीउविजन तथा कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत धान उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *