• असार १४, २०८३
  • No Comment
  • 6

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी ५५ वर्षीय लोकबहादुर सुनार रहेका छन्।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३:१५ बजे पञ्चपुरी नगरपालिका–७ स्थित कोल्टेभीर क्षेत्रमा पैदल हिँडिरहेका बेला उनी करिब ३०० मिटर तल खसेका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 प्रहरी निरीक्षक शाहीको टोली साँझ ५:१० बजे घटनास्थल पुगेको थियो। सुर्खेत प्रहरीका अनुसार मृतक सुनार आफ्नी श्रीमती धौली सुनार, छोरा कमल सुनार र बुहारी टिकुला सुनारसँग कुलदेवताको पूजा गर्न अछामको तुर्माखाँद गाउँपालिका–४ जुँएतर्फ पैदल यात्रा गरिरहेका थिए।

यात्राका क्रममा बाटोमा चिप्लिएर उनी भीरबाट खसेको प्रहरीले जनाएको छ। खस्ने क्रममा सल्लाको मुडामा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो।

प्रहरीका अनुसार मृतकका अन्य पारिवारिक सदस्यहरू सकुशल रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…
सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *