• बैशाख २७, २०८३
  • No Comment
  • 29

सरकारी बजेट दुरुपयोग होइन, संरक्षण गर्नुस् : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी बजेटलाई नागरिकले आफ्नै सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताएका छन्।

बराहताल गाउँपालिका–८ को नवनिर्मित वडा कार्यालय भवनको शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त बजेटको प्रभावकारी कार्यान्वयनमा वडा तहको भूमिका महत्वपूर्ण हुने बताए। उनले विकास निर्माणका योजनालाई पारदर्शी र परिणाममुखी बनाउन जनप्रतिनिधि र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

मुख्यमन्त्री कँडेलले सूचना तथा प्रविधिको पहुँच विस्तार भएसँगै गाउँदेखि देशभरका गतिविधि मोबाइलमार्फत सहजै थाहा पाउन सकिने बताए। जनताले सरकारका कामलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले विकासका काम पारदर्शी रूपमा जनतामाझ लैजानुपर्ने धारणा राखे। “काम राम्रो भए जनताले विश्वास गर्छन्,” उनले भने, “जनतामा विश्वास दिलाउन सक्ने गरी काम गर्नुपर्छ।”

उनले विगतको तुलनामा अहिलेको निर्वाचनमा जनचेतना र चासो बढेको टिप्पणी गर्दै विकासलाई साझा अभियानका रूपमा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। “आफ्नो ठाउँको विकास आफैंले गर्ने हो,” उनले भने, “समय बिताउने कि सम्झनलायक काम गर्ने भन्ने कुरा अब हामीले तय गर्नुपर्छ।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु, निष्पक्ष छानबिनको माग

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु,…

सुर्खेत, वीरेन्द्रनगर — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका २१ वर्षीय साकिर बक्सको मृत्यु भएपछि घटनालाई लिएर निष्पक्ष र पारदर्शी छानबिनको…
चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *