• बैशाख २४, २०८३
  • No Comment
  • 32

जबरजस्ती करणी आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाले वडाध्यक्ष बुढालाई बुधबार पक्राउ गरेको जनाएको छ। एक महिलाले आफूलाई पटक–पटक धम्क्याउँदै जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

उजुरीका आधारमा पक्राउ पुर्जी लिएर बुढालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिनबाबु रेग्मीले जानकारी दिए।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्यादसमेत थप गरिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *