• बैशाख २४, २०८३
  • No Comment
  • 77

चिङ्गाड गाउँपालिका–२ को गौशालामा लापरबाही, पशुहरूको अवस्था चिन्ताजनक

सुर्खेत — चिङ्गाड गाउँपालिका वडा नं. २ मा रहेको एक गौशालामा व्यवस्थापन पक्षको लापरबाहीका कारण पशुहरूको अवस्था चिन्ताजनक बनेको छ।

उक्त गौशालामा व्यवस्थापन पक्षको लापरबाही देखिएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। चिङ्गाड गाउँपालिकाद्वारा सञ्चालित उक्त गौशालामा रहेका गाईवस्तुहरू उचित हेरचाहको अभावमा कष्टकर अवस्थामा रहेको आरोप स्थानीयले लगाएका छन।

स्थानीयका अनुसार गौशालामा पशुहरूलाई आवश्यक दाना–पानी, सरसफाइ तथा स्वास्थ्य उपचारको पर्याप्त व्यवस्था गरिएको छैन। लामो समयदेखि सरसफाइ नहुँदा गौशालाभित्र फोहोर थुप्रिएको र दुर्गन्ध फैलिएको बताइएको छ। अस्वस्थ वातावरणका कारण कतिपय गाईवस्तुहरू कमजोर बन्दै गएको स्थानीयको भनाइ छ।

गौशालामा काम गर्ने व्यक्तिहरू दुर्ग बहादुर पौडेल र खड्ग बहादुर खड्का रहेका छन । स्थानीयले पशुहरूको उचित संरक्षण र व्यवस्थापनमा ध्यान दिन सम्बन्धित पक्षसँग माग गरेका छन्।

“गौशालामा यस्तो अवस्था हुनु दुःखद हो, सम्बन्धित निकायले तत्काल अनुगमन गरेर सुधार गर्नुपर्छ,” एक स्थानीयले बताए।

स्थानीयवासीहरूले चिङ्गाड गाउँपालिका तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै गौशालाको प्रभावकारी व्यवस्थापन, नियमित अनुगमन र पशुहरूको उचित संरक्षणका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *