• बैशाख २४, २०८३
  • No Comment
  • 54

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुका साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको छ।

महाशाखाले यस प्रणालीको प्रभावका कारण देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति भने कोशी प्रदेशसहित देशका हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली कायम रहने जनाइएको छ। कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसममा आएको परिवर्तनसँगै चट्याङ, वर्षा तथा हिमपातबाट हुन सक्ने सम्भावित जोखिमप्रति सतर्क रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *